चिकित्सा शिक्षा स्नातक तहका लागि सिट बाँडफाँड

काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कार्यक्रममा सिट बाँडफाँड गरेको छ।
आयोगले मंगलबार स्नातक तहको विदेशी समूह, सःशुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँड गरेको सूचना प्रकाशित गरेको छ।
एमबीबीएसको १ हजार ८९५ सिटमध्ये विदेशी विद्यार्थीका लागि ५५७ सिट छुट्याइएको छ।
छात्रवृत्तिमा खुल्लातर्फ २३७ र समावेशीमा १९३ गरी ४३० सिट छुट्याइएको छ। सःशुल्कमा ८५९ सिट छ। नेपाली सेनाको मेडिकल कलेजमा नेपाली सेनाको कल्लाणकारी कोषबाट पढाउने कोटा ४९ जनाको छ।
बीडीएसको ५६० सिटमा सशुल्कतर्फ २७७ सिट छुट्याइएको छ। विदेशी विद्यार्थीका लागि १७५ सिट तोकिएको छ। छात्रवृत्तिमा १०८ सिट छुट्याइएको छ। जसमा खुल्लामा ५० र समावेशीतर्फ ४९ सिट तोकिएको छ।
बीएसी नर्सिङतर्फ १३५० सिट मध्ये विदेशी विद्यार्थीका लागि ३४९ सिट छुट्याइएको छ।