स्वास्थ्य व्यवसायी परिषद्को प्रमाणपत्र वितरण राेकिने

काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको नाम दर्ता प्रमाणपत्र परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुको नाम दर्ता प्रमाणपत्र वितरण कार्य रोकिने भएको छ।
प्राविधिक कारणले माघ २४, २५, २६, २७ र २८ गते संचालन गरेको परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुको नाम दर्ता प्रमाणपत्र वितरण कार्य रोकिने भएको परिषद्ले जारी गरेको सूचनामा उल्लेख छ ।
परिषद्ले चैत १ गतेबाट प्रमाणपत्र वितरण गर्ने भने पनि डाटा सर्भर स्टोर मर्मत कार्य भइरहेकोले परिषद् द्धारा अर्को सूचना प्रकाशित नभएसम्म नाम दर्ता प्रमाणपत्र वितरण नहुने जनाइएको छ।
परिषद्को सुचना यस्तो छ,