वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटायो

हेल्थपोस्ट नेपाल

काठमाडौं – वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ।

२०७६ असोज १ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालले मंगलबार जारी गरेको सुचनामा उल्लेख छ।

अस्पतालले जारी गरेको सुचना अनुसार सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।

उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ बमोजिम सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।



Leave a Reply

Your email address will not be published.