विश्वले २० वर्षमा सबैभन्दा ठूलो हैजाको सामना गरिरहेको छ: डब्लुएचओ

हेल्थपोस्ट नेपाल

आर्थिक संकट, जलवायु परिवर्तन र कोभिड–१९ महामारीको प्रभाव लगायतका कारणले उच्च जोखिममा रहेका देशहरूमा हैजा फस्टाउनका लागि उपयुक्त अवस्था भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ। डब्लुएचओले कम्तिमा ३० देशहरूमा हैजा फस्टाउन सक्ने चेतावनी दिएको हो।

डब्ल्यूएचओले धेरै वर्षपछि २०२२ मा विभिन्न प्रकोपको मात्रा तीव्र रूपमा बढेको बताएको छ। गत वर्ष जनवरी र अक्टोबरको बीचमा २९ देशहरूले हैजाका जति केसहरू रिपोर्ट गरेका थिए, एक वर्ष अघिको तुलनामा २०२३ मा यसको संख्या बढ्ने अनुमान गरिएको छ।

‘एकै समयमा यी ठूला प्रकोप भएका देशहरूको संख्या हामीले कम्तिमा २० वर्षमा देखेका छैनौं,’ डब्लुएचओको हैजा आपतकालीन प्रतिक्रिया इकाईका प्रमुख फिलिप बारबोजाले टेलिग्राफलाई भने, ‘हामीले देखिरहेका धेरै जसो प्रमुख प्रकोपहरू असामान्य जलवायु घटनाहरूद्वारा सञ्चालित छन्,विशेष गरी लगातार तेस्रो वर्ष भारी वर्षा र ला निनाद्वारा ल्याएको चक्रवातको सामना गरिरहेका दक्षिण अफ्रिकी देशहरू जोखिममा छन्।’

जलवायु परिवर्तनको प्रभावले हैजाको प्रभावलाई ‘टर्बोचार्ज’ (तिव्र) गरेको डब्ल्यूएचओका निर्देशक टेड्रोस अधानोम गेब्रेयससले गत वर्ष बताएका थिए ।

सिरियाले १५ वर्षमा पहिलो पटक रोगको प्रकोप घोषणा गर्‍यो, गत महिनाको भूकम्पले स्थितिलाई अझ खराब बनाएको थियो। लेबनानले ३० बर्षमा पहिलो पटक यस्तै समस्याको सामना गरिरहेको छ।  यसले आर्थिक संकटको बीचमा रोगसँग लड्न संघर्ष गरिरहेको छ।

महामारीको समयमा हैजाको प्रकोपसँग लड्ने प्रयासहरू ठप्प भएकाले कोभिड १९ का केसले देशहरूको स्वास्थ्य सेवाहरू ओझेलमा परेकाले पनि समस्या थपिएको विज्ञहरू बताउँछन्।

हैजालाई नियन्त्रण गर्न सकिन्छ, यसलाई नियन्त्रण गर्नुपर्ने बारबोजाले बताए। यो महँगो स्वास्थ्य सेवा नभई आधारभूत मानव अधिकार भएकाले सबैको पहुँचमा यो सेवा प्रदान गर्नुपर्ने उनको भनाई छ ।

हैजा दूषित खानेकुरा वा पानीको सेवनबाट हुने गम्भीर रोग हो। यसको उपचार नगरे घण्टाभित्रै मृत्यु हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष विश्वभर करिब १ लाख ४३ हजार मानिसको मृत्यु हैजाको कारणले हुन्छ।

स्रोत: https://www.rt.com/news/572556-who-warning-cholera-outbreak/



Leave a Reply

Your email address will not be published.