भारतद्वारा नेपाललाई दुई सय थान मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण

काठमाडौं – भारतले नेपाललाई २ सय थान मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ ।
नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री गिरीले धेरै मानिसले समयमै डायलाइसिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलाइसिस धेरै हदसम्म समस्या हटाउने बताए ।
‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पु¥याउन सकेमा डायलाइसिस लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, उनले भने, ‘भूकम्प र कोभिड पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ । नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’
मन्त्री गिरीले नेपाल र भारतबीच सरकार–सरकारमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिक रुपले घनिष्ठ सम्बन्ध रहेको बताए । ‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । यही कारण हामी लामो समयदेखि सहकार्य गरिरहेका छौं । भारतबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि जुन सहयोग आएको छ, त्यो सहयोग हाम्रा लागि अमूल्य छ’, गिरीले भने ।