स्वस्थानी पूर्णिमाका दिन जन्मिए हिमालय सोहि दिन अस्ताए

हेल्थपोस्ट नेपाल

काठमाडौं – सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय समशेर जबरा आज स्वस्थानी पूर्णिमाका दिन नै अस्ताएका छन्।

‘सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिनु भएको थियो । आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, उनकी छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्।

केही साताअघिदेखि काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत गभर्नर हिमालयको ९५ वर्षको उमेरमा आज(आइतबार) बिहान निधन भएको हो

उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए ।

स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।

 

 



Leave a Reply

Your email address will not be published.