नेपाल चिकित्सक संघको निर्वाचन: आजबाट उपत्यकामा मतदान सुरु

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपाल चिकित्सक संघ को निर्वाचन अन्तर्गत उपत्यकामा आजबाट मतदान सुरु भएको छ ।

२९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि भइरहेको संघको निर्वाचनमा उपत्यकामा आजबाट मतदान सुरु भएको हो। संघको मतदान स्थल काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर) मा बनाएको संघले जनाएको छ।

संघका अनुसार दुई चरणमा भइरहेको निर्वाचनमा उपत्यकामा बिहिबार (आज) देखि शनिबारसम्म हुनेछ । तीनै दिन बिहान नौं बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ।

संघले पहिलो चरणमा उपत्यका बाहिरका १६ वटा शाखा कार्यालयहरुमा माघ ६ र ७ गते निर्वाचन कार्यक्रम सम्पन्न भईसकेको छ । १६ वटा शाखाबाट तीन हजार ६५० मत खसेको छ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।

निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।



Leave a Reply

Your email address will not be published.