‘नेपालमा डिजिटल हेल्थ सिस्टमको सम्भावना चुनौती र कार्यन्वयन’ मा सरोकारवाला निकायबीच घनिभूत छलफल

हेल्थपोस्ट नेपाल

काठमाडौं- ‘नेपालमा डिजिटल हेल्थ सिस्टमको सम्भावना चुनौती र कार्यन्वयन’ बिषयक कार्यक्रममा सरोकारवाला निकायबीच घनिभूत छलफल भएको छ।

सिभिल नेपालले आयोजना गरेको‘नेपालमा डिजिटल हेल्थ सिस्टमको सम्भावना चुनौती र कार्यन्वयन’ बिषयक कार्यक्रममा सरोकारवाला निकायहरुविच घनिभुत छलफल भएको हो।

अन्तरक्रियामा सहभागी भएका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले तथ्याङ्क व्यवस्थापनमा एकीकृत प्रणालीको विकास आवश्यक रहेको बताए।

उनले हामीसँग भएको ज्ञान, सीप, प्रविधि तथा तथ्याङ्कलाई राज्यले एकीकृत गर्नुपर्ने र तथ्याङ्कको स्रोत, सुरक्षा र विश्वसनीयतामा ध्यान दिनुपर्ने बताए। उनले कोभिडको अनुभव सुनाउँदै सचेत हुन सुझाए ।

विकसित मुलुक डिजिटलाइज भएका कारण जानकारी लिन सजिलो भएको उनले बताए।

सांसद रामहरी खतिवडाले स्वास्थ्य सेवालाई डिजिटलाइज गर्न स्वास्थ्य मन्त्रालयले कार्य योजना बनाउनुपर्ने बताए । उनले अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका व्यक्ति प्रचारमुखी भएको आरोप लगाए।

समय अनुसार परिर्वतन आवश्यक भएकाले स्वास्थ्य सेवालाई डिजिटलाईज गरि ग्रामिण भेगमा सेवा पुराउनु चुनौतिपूर्ण भए पनि आफुले यसलाई प्राथमितामा राख्ने उनले बताए ।

त्यस्तै सोच नेपालका अध्यक्ष डा दामोदर पुडासैनीले स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘तथ्यांक धेरै हुनु आफैमा एक समस्या हो। हाम्रोमा तथ्यांक छन् व्यवस्थित छैनन् । त्यसको दीगो छैन।’

अहिले तथ्यांकको सहि सदुपयोग नभएको गुनासो गर्दै उनले स्वास्थ्य मन्त्रालयसँग नै स्वास्थ्यको आँकडा नभएको बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालयसँग बर्षेनी कति औषधि ल्याइन्छ त्यसको आँकडा छैन। सरकारी अस्पतालका लागी कतिवटा उपकरण लिइयो त्यो कहाँ छ कस्तो अवस्थामा छ भन्ने जानकारी छैन। विदेशबाट आएका कतिले नेपालमा सेवा लिए भन्ने आँकडा छैन।’

स्वास्थ्य मन्त्रालय हास् या राजनैतिक दल सबैले संस्कार परिर्वतन गर्न आवश्यक रहेको उनले जोड दिए।



Leave a Reply

Your email address will not be published.