के हो ‘बर्नआउट’? चरम थकान कसरी थाहा पाउने, यसबाट जोगिने कसरी?

सन् १९७० को दशकको सुरुतिर तपाईँले म ‘बर्न आउट’
क्लिनिकका स्वयंसेवीहरू पनि सङ्घर्ष गरिरहेका थिए। उनीहरूको काम सघन थियो, धेरैले काममा भावनात्मक रूपमा थकित र निरुत्साहित हुन थालेको बताएका थिए।
कुनै बेला आफ्नो जागिर मन परेपनि पछि भने जागिरप्रति वितृष्णा पैदा भएर निन्दक बनेका थिए।
बिरामीलाई दिनुपर्ने ध्यान उनीहरूले दिइरहेका थिएनन्। फ्रोयडेनबर्गरले यो नयाँ अवस्था ‘धेरै कामका कारण हुने थकानको अवस्था’ लाई नै “बर्नआउट” भनी व्याख्या गरेका छन्।
यसको चर्चा निकै धेरै भयो र आज बर्न आउट एउटा विश्वव्यापी विषय बनेको छ। बर्न आउटबारे खास तथ्याङ्क आउन कठिन भए पनि युकेमा मात्रै सन् २०१८ मा कार्यस्थलमा हुने तनावबाट ५,९५,००० मानिसहरू पीडित थिए।
यो खेलाडीहरू, युट्युबर हरू, उद्यमीहरु सबैलाई हुन्छ। फ्रोयडेनबर्गर आफैँलाई पनि भएको थियो।
सन् २०२० मा विश्व स्वास्थ्य सङ्गठनले इन्टरन्याश्नल क्लासिफिकेसन अफ डिजिजेजमा यो समस्यालाई “कामका कारण हुने थकानलाई सफलतापूर्वक व्यवस्थापन नगरिएको” सिन्ड्रोम भनी व्याख्या गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्नआउटको तीनवटा पक्ष रहेको छ जसमा: अत्यन्तै थकित महसुस हुनु, काममा कमजोर प्रदर्शन र काममा लगाव नहुनु पर्छ। तर पूर्ण रूपमा थाकेर केही गर्नै नसक्ने हुने बेलासम्म कुर्दा यसबाट पार पाउन अलिकति पनि मद्दत नगर्नसक्छ- र धेरै ढिलो हुने बेलासम्म तपाईँले कुर्नु पनि हुँदैन।
तनावको महसुस
बाट पीडित छु भनेको भए मानिसहरूले कुरा नबुझेर आँखीभौँ उचालेर तपाईँलाई शंका पूर्ण नजरले हेर्न सक्थे।
त्यतिबेला लागुऔषध प्रयोगकर्ताले अनुभव गर्ने असरलाई अनौपचारिक रूपमा व्याख्या गर्न उक्त शब्दको प्रयोग गरिन्थ्यो जुन साधारणतया मानसिक अवस्थासँग सम्बन्धित थियो।
यद्यपि, सन् १९७४ मा न्यूयोर्क सहरमा जर्मन-अमेरिकी मनोविद् हर्बर्ट फ्रोयडेनबर्गरले ‘बर्नआउटको समस्या पहिलो पटक पहिचान गरेका हुन्।
लागूऔषधका अम्मली र घर विहीन मानिसहरूको उपचार गरिने क्लिनिकमा उनले बर्नआउटको पहिचान गरेका थिए।
त्यसो भए तपाईँले कसरी थाहा पाउने थकित भएको तर पूर्ण रूपमा लोथ नभएको भनेर?
“लोथ हुनु अगाडिको थकानको अवस्थामा देखिने सङ्केत र लक्षण विषादसँग धेरै समान हुन्छ,” द बर्न आउट सोलुसन पुस्तककी लेखक तथा मनोपरामर्शदाता सुभान मर्रे भन्छिन्।
मदिराको खपत बढ्ने र दिनभर काम गर्न चिनी र धेरै चिनी भएका खानेकुरा धेरै भर पर्ने जस्ता नराम्रा बानीहरू सुरु हुन्छ।
थकानको महसुस रहिरहनु पनि एउटा सङ्केत हो। “त्यसैले तपाईँ राम्रोसँग सुत्नु भयो भने पनि बिहान १० बज्ने बेलासम्म तपाईँ फेरि कतिबेला सुत्ने भनेर सोच्न थाल्नुहुन्छ। अथवा हिँड्न वा व्यायाम गर्न पनि तपाईँसँग ऊर्जा हुँदैन।”
यस्तो महसुस गर्न थालेदेखि नै अस्पतालमा चिकित्सकलाई देखाउन जान मर्रे सुझाउँछिन्।
“विषाद र लोथ भएर थाक्नु अघिको समयका लक्षण धेरै हदसम्म समान हुन्छन् तर जबसम्म काम गर्ने उत्साह रहन्छ बर्न आउट एउटा स्वास्थ्य अवस्था हो जुन अझै पनि पेशागत विषय भनी वर्गीकृत गरिएको छ।”
विषाद र बर्न आउटबारे भिन्नता छुट्याउन सक्ने चिकित्सकसँग मद्दत लिन आवश्यक छ किनभने विषादका लागि उपचारका थुप्रै विकल्प छन् भने बर्नआउटसँग अझै पनि जीवनशैलीमा परिवर्तन गरेर जुध्न सकिन्छ।
त्यसो भए तपाईँ बर्न आउट हुने अवस्थामा पुग्न लागेको वा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिएको कसरी थाहा पाउने?
“कामको तनाव वास्तवमै महत्त्वपूर्ण हुन्छ र त्यस प्रतिको चिन्ताले नै हामीलाई केही गर्न प्रेरित गर्छ,” मर्रेले भनिन्।
“हामी जब निरन्तर रूपमा चिन्ता र तनाव लिन्छौं अनि त्यसबाट पार पाउन सक्दैनौँ त्यहीँबाट बर्न आउट सुरु हुन थाल्छ।”
तपाईँले गरिरहेको कामको कुरा गरौँ। उक्त कामबारे सोच्दा एक किसिमको चापको महसुस हुनु सामान्य नै हो, र सम्भवतः त्यसकारण तपाईँ रातभर ननिदाउन पनि सक्नुहुन्छ।
तर उक्त काम सकिएपछि पनि यदि तपाईँ त्यसबारे सोचिरहनु हुन्छ र त्यसबारे थकित महसुस गर्नुहुन्छ भने तपाईँ बर्नआउटको खतरामा पुगेको हुनसक्ने मर्रे बताउँछिन्।
“त्यस्तो सँघारमा पुगेको मानिसले सम्भवतः भावनात्मक रूपमा संज्ञाहीन महसुस गर्न थाल्छन्,” बर्नआउटमा विशेषज्ञता हासिल गरेकी मनोचिकित्सक ज्याकी फ्रान्सिस वाकरले भनिन्।
“जस्तै जीवनका सामान्य कुराहरूमा संलग्न हुने क्षमता पनि उनीहरूसँग हुँदैन।”
उनी पनि बर्नआउटमा पुग्ने चरणबारे ख्याल गर्न सुझाउँछिन्।
“मानिसहरू ‘तर म यस्तो छैन’, ‘म यस्तै खालको होइन’, ‘म यस्तो यस्तो काम गर्न सक्छु’ भन्छन्। तर यदि उनीहरू शारीरिक क्षमतामा ह्रास आउने चरणमा छन् भने उनीहरू क्षमताको सामान्य अवस्थामा हुँदैनन्,” वाकर भन्छिन्।
यदि यो कम वैज्ञानिक जस्तो लाग्छ भने बर्नआउटको मापनका लागि बनाइएको परीक्षण म्यासलाक बर्न आउट इन्भेन्टरी (एमबीआइ) हेर्न सक्नुहुन्छ।
व्यापक रूपमा प्रयोग भएको भनेको एमबीआइ सर्वेक्षण हो जसले थकान, कुभावना र काममा तपाईँले कस्तो गरिरहनुभएको छ भन्ने कुराको मापन गर्छ।
सन् १९८१ मा पहिलो पटक प्रकाशित भएयता यसलाई सयौँ पटक उद्धृत गरिएको छ।
बर्न आउट पूर्ण रूपमा भएको मापन गर्न यसको प्रयोग हुने भए पनि तपाईँ यदि बर्नआउटको अवस्था नजिक हुनुहुन्छ भने मापन नगर्नु पर्ने कुनै कारण छैन।
बर्नआउटअघिको अवस्थामा हुनुहुन्छ, अब के गर्ने?
बर्न आउट हुनबाट रोक्ने एउटै उपाय भनेको समस्या पहिचान गर्नु हो।
“तपाईँको जीवनमा के भइरहेको छ, त्यसलाई तपाईँले स्थायी वा अस्थायी रूपमा हराएर जान दिन सकिरहनुभएको छ? उदाहरणका लागि बर्नआउटको शारीरिक सङ्केतबाट पार पाउन तपाईँ लामो समय सुत्नुहुन्छ,” मर्रेले भनिन्।
वाकरका अनुसार मानिसले काममा के दिन सक्छ र उसलाई के गर्न भनिन्छ भन्नेबीच रहने बेमेल त्यसको एउटा कारण हो।
“कतिपय बेला उनीहरू आफू काममा उत्कृष्ट हुनुपर्ने आवश्यकता महसुस गर्छन् वा उनीहरू मैले गर्न सक्दिनँ भन्ने अरूले सोच्छन् भनेर त्यसको पूर्तिका लागि कठिन परिश्रम गरिरहेका हुन सक्छन्।”
यद्यपि, कुनै समयमा कामको वातावरण समस्याकारी हुनसक्छ।
सन् २०१८ मा अमेरिकाका करिब ७,५०० कामदारमा गरिएको एउटा अध्ययन अनुसार बर्न आउट हुनुको कारण कार्यस्थलमा अन्यायपूर्ण व्यवहार, अव्यवस्थित कामको चाप र मानिसको जिम्मेवारी के हो भन्ने स्पष्ट नहुनु पाइएको थियो।
कार्यालय व्यवस्थापकबाट सहयोगको कमी हुँदा र अनावश्यक दबाबले पनि कामदारहरू तनावमा रहेको उक्त अध्ययनमा देखिएको थियो।
“कम्पनीको मान्यता र व्यक्तिको मान्यतामा गम्भीर रूपमा फरक पर्नु पनि अर्को समस्या हो जसले गर्दा आफूले विश्वास नगरेको काम पनि गर्नुपर्छ,” वाकर भन्छिन्।
वाकरका सेवाग्राहीले त्यस्तो समस्याको समाधान आफूलाई मनपर्ने अरू काम गरेर पनि खोजेका छन्। तर उनीहरूले काम गर्ने कम्पनी नै परिवर्तन गर्ने वा नयाँ पेसा रोज्ने भनेको आक्कलझुक्कल मात्रै हुन्छ।
बर्नआउटको कारण जे भए पनि यसलाई जित्नका लागि मर्रेको सुझाव भनेको आफूप्रति दया भाव राख्नुपर्छ भन्ने छ।
मर्रेको अनुभवमा बर्न आउट महामारीको मुख्य कारक भनेको सबैकुरा चाहने आजको प्रवृत्ति हो। स्वस्थ सामाजिक जीवन हुनु, ठूलो काम गर्दा अपेक्षित नतिजा दिन सक्नु र तन्दुरुस्त रहने आफ्नो व्यक्तिगत उद्देश्य सबै एकैपटक हासिल गर्न सम्भव हुँदैन।
आफ्नो कामलाई प्राथमिकतामा राख्ने कुरा महत्त्वपूर्ण हो तर आफूबाट आफैले धेरै अपेक्षा नगर्न उनी सुझाउँछिन्।
बर्नआउटको अवस्थामा आफू पुग्न लागेको तपाईँलाई महसुस भयो भने एक कदमपछि हटेर सोच्नुस् कि तपाईँबाट के गलत भइरहेको छ, र त्यसबाट आफूलाई पर राख्नुस्।
बीबीसी