बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले लिए शपथ

हेल्थपोस्ट नेपाल

काठमाडौं- बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायत नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।

स्वास्थ्य मन्त्री श्रेष्ठ लगायत अन्य नवनियुक्त मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष शपथ लिएका हुन्।

श्रेष्ठ गत ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१) बाट विजयी भएका थिए।

श्रेष्ठ यसअघि २०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।



Leave a Reply

Your email address will not be published.