संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका आचार्यको निधन

हेल्थपोस्ट नेपाल

काठमाडौं – संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

मंगलबार  संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका आचार्यको कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको हो ।

मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै बिलौना पोखेका उनले त्यसपछि संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगो लगाएका थिए ।

प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरूले आचार्यको शरीरको ८० प्रतिशत भाग जलिसकेको बताएका थिए ।

 



Leave a Reply

Your email address will not be published.