संसद् भवन अगाडी आत्म दहको प्रयास गरेका आचार्यको स्वास्थ्य अवस्था गम्भिर

हेल्थपोस्ट नेपाल

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी आत्म दहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको स्वास्थ्य अवस्था निकै गम्भिर छ।

आफ्नै शरीरमा आगो लगाएका इलामको पञ्चकन्या ६ का ३६ वर्षीय आचार्यलाई घटनास्थलबाट कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनको शरीर ८० प्रतिशत जलेको अस्पतालका निर्देशक डा शंकर मान राईले बताए।

आचार्यको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको निर्देशक राइले बताए।

आचार्यले आत्म दाह प्रयास गर्नुअघि फेसबुकमा साढे ६ हजार शब्दको स्टाटस लेखेका छन् । जसमा उनले जीवनका बारेमा उल्लेख गरेका छन् ।

 



Leave a Reply

Your email address will not be published.