हिमालयन बैंकद्धारा कान्ति बाल अस्पतालमा थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा

हेल्थपोस्ट नेपाल

काठमाडौं- हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा महाराजगंज स्थित कान्ति बाल अस्पतालमा माघ ४ देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको जनाएको हो।

उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्ने बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० ATM र ६००० भन्दा बढी POS Terminals बाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ।



Leave a Reply

Your email address will not be published.