पाँच घण्टा भन्दा कम सुत्नु हुन्छ, तपाईको स्वास्थ्य जोखिममा पर्न सक्छ

यदि तपाइको उमेर ५० वर्ष भन्दा माथि हुनुहुन्छ र तपाइँ कम्तिमा पाँच घण्टा सुत्नु भएको छैन भने, यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ । राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ। त्यहाँ पर्याप्त प्रमाणहरू छन् कि निद्राले चीजहरू सम्झन, दिमागलाई ताजा राख्न र आराम गर्न मद्दत गर्दछ। तर अहिलेसम्म कति घण्टा सुत्नु ‘गोल्डेन नम्बर’ हो भन्ने स्पष्ट भएको छैन ।
पीएलओएस मेडिसिन अध्ययनले बेलायती निजामती कर्मचारीहरूको स्वास्थ्य र निद्रामा अनुगमन गरिएको थियो । यस अध्ययनमा संलग्न आठ हजार मानिसहरूलाई सोधिएको थियो कि तपाईं एक हप्तामा औसत कति घण्टा सुत्नुहुन्छ। कतिपयले यसका लागि निद्रा घडीको पनि प्रयोग गरेका छन् ।
एकै समयमा, तिनीहरूको पुरानो (दीर्घकालीन) रोगहरूको अनुसन्धान गरियो। उनीहरुको कयौं रोग जस्तै मधुमेह, क्यान्सर, हृदय रोगको जाँच गरियो र उनीहरुसग झण्डै दुई दशकको विवरण लिइयो।
५० वर्षको उमेरमा पाँच घण्टा वा कम सुत्ने मानिसमा सात घण्टा सुत्ने मानिसको तुलनामा धेरै रोगको जोखिम ३० प्रतिशत बढी हुने गरेको पाइएको छ ।
अध्ययनको क्रममा ५० वर्षको उमेरमा कम सुत्दा मृत्युको आशंका बढेको पनि खुलासा भएको छ । मुख्यतया क्रोनिक रोगहरुका कारण यो जोखिम बढ्छ।
युनिभर्सिटी कलेज लन्डन र पेरिस सिटी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार सामान्यतया विशेषज्ञ सात वा आठ घण्टा सुत्न सल्लाह दिन्छन् ।
वैज्ञानिकहरूले यसबारेमा निश्चित रूपमा केही बताउन सकेका छैनन्, तर एउटा कुरा प्रस्ट छ कि राम्रो निद्राले चीजहरू सम्झन, खुसी मुड, एकाग्रता र मेटाबोलिज राम्रो गर्नमा मद्दत गर्छ।
राम्रो निद्राका लागि यी उपाय अपनाउन सकिन्छ।
दिनको समयमा आफूलाई व्यस्त राख्नुहोस्, आफैलाई थकाउनुहोस् र बेलुका पछि आफैलाई सुस्त गर्नपर्छ ।
दिनको समयमा सुत्नबाट जोगिने
राति पनि एक रुटिनको पालना गर्नुपर्छ । सुत्ने ठाउँ आरामदायक र सफा हुनुपर्छ। स्मार्टफोनलाई आफूबाट टाढा राख्नुपर्छ ।
सुत्नु अघि क्याफिन र अल्कोहललाई बेवास्ता गर्नुहोस् वा यसको मात्रा कम गर्नपर्छ ।
यदि निन्द्रा आइरहेको छैन भने आफैलाई सुत्न दबाब नदिनुहोस्। ओछ्यानबाट उठेर किताब वा केही पढ्ने जस्ता आरामदायी कुराहरू गर्नु राम्रो हुन्छ। त्यसपछि जब निन्द लाग्न चालेपछि ओछ्यानमा जानुपर्छ।
सिफ्टमा काम गरिरहेको भए जुन दिनचर्या अनुसार उपयुक्त छैन भने, सिफ्ट भन्दा पहिले सुत्ने प्रयास गर्नपर्छ।
सरे स्लीप सेन्टरका निर्देशक प्रोफेसर डर्क–जोन डिज्कोले भने, ‘यस अध्ययनका अनुसार पर्याप्त घण्टा नसुत्नु हाम्रो स्वास्थ्यको लागि राम्रो होइन। सामान्यतया यो स्वास्थ्यको दृष्टिकोणले राम्रो होइन। तर केही मानिसहरूको लागि यो ठीक हुन सक्छ।’
‘यहाँ ठूलो प्रश्न यो हो कि किन केही मानिसहरू कम सुत्छन्। यसको पछाडि कारण के हो र यसलाई ठीक गर्न केहि गर्न सकिन्छ? निन्द्रा जीवनशैलीसँग सम्बन्धित कुरा हो, जसलाई केही हदसम्म परिवर्तन गर्न सकिन्छ।
यदि हामीले लामो समयसम्म राम्रो निन्द्रा पाउँदैनौं भने यसले हाम्रो स्वास्थ्यमा निकै नराम्रो असर पार्न सक्छ । निद्राको चक्की सेवन नगर्न चिकित्सकहरू सल्लाह दिन्छन् किनभने यसले स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, निद्रामा निर्भरता पनि बढाउँछ। निद्राको समस्या समाधान गर्न सकिन्छ र यसका लागि आवश्यक सहयोग पनि लिन सकिन्छ।