ग्लोबल आइएमईद्धारा देशव्यापी रुपमा बृहत रक्तदान आयोजना

हेल्थपोस्ट नेपाल

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंक पौष १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सोमबार देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको काठमाण्डौ शाखा कान्तिपथ, भरतपुर शाखा, चितवन, गण्डकी प्रदेशको पोखरा शाखा न्यूरोड, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्र चोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत दान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरु मार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published.