अपहेलित करी पत्ता

काठमाडौं – मधेशमा जतततै पाइने करी पत्ता खेर गइरहेको छ।
करी पत्ता पनि खाने हो ? धेरैले भन्छन।
मेरो थालमा नछुट्ने पत्ता हो, करी पत्ता। यसलाई कतिले मीठा नीम पनि भन्छन्। यसमा नीमको पातको गुण हुने तर नीम जस्तो तीतो नहुने भएकाले त्यसो भनिएको हुनसक्छ।
यो पोषणको भण्डार रहेछ। यसमा रेशादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड पनि हुन्छ। यी सबै कुरा एक गर्भवती र सुत्केरीका लागी अति नै जरुरी नै हुन्छ। यसमा रहेको फोलिक एसिड र फलाम तत्वले शरीरमा रगतको मात्र बढाउन र हड्डी बलियो बनाउन मद्धत गर्छ। गर्भवतीलाई दिनमा तीन चार ओटा हरियो पत्ता चपाएपनि फाइदा पुग्छ।
फोलिक एसिडको प्रयोगले भुण्रलाई स्वस्थ पार्छ र मेरुदण्ड राम्ररी विकसित गर्न सघाउँछ।
करीपत्ताको बारेमा गरिएका विभिन्न अनुसन्धानले करीपत्ताले पाचन प्रणालीमा पनि मद्धत गर्ने देखाएको छ। मधुमेह भएकाहरुलाई पनि यसले फाइदा गर्छ। किनभने यसले शरीरिभित्र रहेको हर्मोन ‘इन्सुलिन’को गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्धत गर्छ।
त्यस्तै अर्को अनुसन्धानले शरीरमा रहेको कलेस्टेरोल नामक बोसोलाई कम गर्न मद्धत गर्ने देखाएको छ । त्यसको अर्थ हो मुटुको रोगबाट बच्नपनि मद्धत गर्छ। दक्षिण भारतीय र श्रीलकंको भोजनामा प्रयोग गरिनुको साथै इण्डोनेशियामा पनि मसलाको रुपमा यसको प्रयोग गरिन्छ।
पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ । पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ। यसको लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ। यसमा रहेको रेशादार पदार्थले कब्जियत कम गराउनपनि मद्धत गर्छ
करी पत्ताले पेटमा रहेको गडबडीलाई पनी राहत गर्छ । यसरी पानीमा उमालेर सेवन गर्दा वीरे नुन पनि हाल्न सकिन्छ।
संक्रमण, लुतो, डण्डीफोर आदि निको पार्न निम प्रयोग गरिए जस्तै करी पत्ता पनि प्रयोग गर्न सकिन्छ।
गर्भवतीलाई हुने वाकवाकि मेट्न यसले सहयोग गर्छ । यसमा रहेको भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्यमा पनि महत्वपुर्ण भुमिका खेल्न सक्छ । तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमा नै भिटामनि ‘ए’ को कमिले बालबालिका र गर्भवतीमा आँखाको समस्या देखा पर्छ।
यसको उद्गम भारत उत्तर प्रदेशमात्र भएको हो । अहिले एशियाभर फैलिएको छ।
(डा उप्रेतीको फेसबुक पेजबाट साभार)