बालबालिकाको मानसिक स्वास्थ्य सुर्धान सेवा विस्तार अत्यावश्यक

हेल्थपोस्ट नेपाल

काठमाडौं –  मानसिक स्वास्थ्यका बिषय अहिले पनि ओझेलमा नै छ । समग्रमा भन्नुपर्दा शारीरिक समस्यालाई जसरी स्विकारिन्छ त्यसरी मानसिक समस्यालाई स्विकार्ने अवस्था विश्वमा नै छैन ।

विकसित मुलुकमा मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा केहि परिर्वतन आएपनि सहजै स्वीकार्न सकेको अवस्था भने छैन ।

नेपालको सन्दर्भमा हेर्ने हो भने मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ । जसका कारण मानसिक समस्या भएपनि घरभित्र नै सिमित राखिन्छ । उनीहरुको पहुँच उपचारमा पुगेको छैन ।

हाम्रो समाजमा अझै पनि मानसिक समस्याका बारेमा खुलेर कुरा गर्न नै हिचकिचाहट गरिन्छ । जबसम्म मानसिक स्वास्थ्य समस्या पनि शारिरिक स्वास्थ्य समस्या जस्तै हो भनेर बुझन र बुझाउन सकिदैन तबसम्म मानसिक समस्याका कारण उपचार नपाएर मृत्युवरण गर्न बाध्य भइरहन्छन् ।

मानसिक स्वास्थ्यमा सरकारको न्युन लगानी र सेवा वितरणमा पनि समस्या छ ।

अझै बालबालिकाको मानसिक स्वास्थ्यलाई नजरअन्दाज गरिएको छ ।

बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा सुरुमा सरकारलाई सचेत बनाउनुपर्छ । बालबालिकाको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । अरु रोग जस्तै बालबालिकाको मानसिक स्वास्थ्यलाई पनि सरकारको नीति नियममा र सेवा वितरणमा सञ्चालन गर्नुपर्छ ।

बालबालिकामा काम गर्ने ‘प्रोफेसनल’हरु एकदमै कम छन् । त्यसैले प्रोफेसनल तालिम, क्षमता विकास गर्न जरुरी छ। साथमा बजेट पनि बढाउन जरुरी छ।

नेपाल सरकारले स्वास्थ्यमा नै बजेट निकै कम छुट्याउने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्यलाई छुट्याउनुपर्ने भनेको छ । तर नेपालमा त्यसको आधा भन्दा कम बजेट बिनियोजन गरिन्छ ।

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको निकै कम मानसिक स्वास्थ्यका लागी छुट्याएको हुन्छ । अझै बालबालिकाको मानसिक स्वास्थ्यमा न्युनतम बजेट खर्च हुन्छ ।

मानसिक स्वास्थ्यका क्षेत्रमा तालिमका लागी भनेर बजेट छुट्याइएको छ । त्यो बाहेक खासै बजेट छैन ।

अहिलेसम्म बालबालिकाको मानसिक स्वास्थ्यलाई नै भनेर छुट्टै बिनियोजन भएको छैन ।

मानसिक स्वास्थ्यमा सुधार ल्याउन संघीय सरकारको तीनै तह स्थानीय, प्रदेश र केन्द्र सरकारमा नै यसको नीति नियम हुनुपर्छ ।

समयमा नै बालबालिकाको मानसिक स्वास्थ्यमा काम नसके त्यसले गभीर असर र क्षती पुराउन सक्छ ।

मानौं, एउटा बच्चालाई एन्जाइटि छ । त्यसैले स्कुल जादैन भने उसलाई उपचार गरिएन र घरमा नै ‘डिसएवल’ भए उसको परिवारले नै उसलाई पाल्नुपर्ने हुन्छ ।

उक्त बालबालिकालाई समयमा नै उपचार गरियो भने । उ पढेर केहि व्यवसाय वा रोजगारमा लाग्ला । उसले देशलाई योगदान दिन्छ ।

यसको मतलब समग्रमा बालबालिकाको मानसिक स्वास्थ्यले देशको अर्थतन्त्रलाई नै असर गर्न सक्छ ।

कुनै पनि बच्चा बालापनमा नै मानसिक समस्याबाट गुज्रिएको छ भने यसप्रति सचेत भएर समाजमा पनि मानसिक स्वास्थ्यको लागी काम गर्न सक्छ ।

धेरै जसो ठुलो मानिसमा हुने मानसिक समस्याहरु १४ वर्ष भन्दा अगाडी नै सुरु भइसकेको हुन्छ ।

त्यसलाई समयमा नै पहिचान गरेर उपचार गर्नसक्नुपर्छ । अहिले उपचार गर्न सकिने अवस्था पनि छ ।

सामान्यतया १० देखि १५ प्रतिशत बालबालिकामा कुनै न कुनै किसिमको मानसिक समस्या हुन्छन् ।

सयमा जेरो दशमलव एक प्रतिशत मात्र अहिले उपचार गरेका छन् ।

एकदमै कम बालबालिका मात्र अस्पताल आइपुग्ने गरेका छन् । उनीहरु अस्पताल नआपुग्नुको कारण एउटा चेतना र अर्को सेवा पनि छैन ।

देशको केन्द्रमा रहेको बालबालिकाको एक मात्र अस्पताल कान्ति अस्पतालमा मात्र बालबालिकाको मानसिक स्वास्थ्यको उपचार हुन्छ । यस हिसाबले भन्ने हो भने एउटा बालबालिकालाई मानसिक स्वास्थ्य समस्या छ भने पनि कहाँबाट मद्धत लिने भन्ने थाहा छैन ।

मानसिक स्वास्थ्यका बारेमा चेतना भएको अवस्थामा पनि हामीले सेवा लिनसक्ने अवस्था छैन । त्यसैले सेवा वितरणलाई पनि विस्तार गर्नुपर्ने देखिन्छ ।

(बाल मनोरोग बिशेषज्ञ डा अरुण कुवँँरसगको कुराकानी)



Leave a Reply

Your email address will not be published.