अस्पतालको शैय्याबाट पेलेले भने – मजबुत छु, विश्वकप हेरिरहेको छु

हेल्थपोस्ट नेपाल

काठमाडौं- ब्राजिलका महान फुटबल खेलाडी पेलेले आफू सकारात्मक र मजबुत रहेको बताएका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले सबैलाई शान्त र सकारात्मक राख्न चाहेको बताएका हुन्।

प्रशंसकहरूले पठाइरहेको सन्देश र विश्वकपमा ब्राजिललाई खेलिरहेको देख्दा आफूलाई ऊर्जा प्राप्त भइरहेको पेलेले बताएका छन्।

उनले भनेका छन्,‘म भरोसाहरूले भरिएको छु, मजबुत छु र सँधैको जस्ता आफ्नो उपचार गराइरहेको छु। मैले पाइरहेको राम्रो हेरचाहका लागि सबै मेडिकल र नर्सिङ टिमलाई धन्यवाद दिन चाहन्छु।’

आफूलाई भगवानमाथि विश्वास रहेको र दुनियाँभरबाट प्राप्त भइरहेको मायालाई ऊर्जा प्रदान गरिरहेको पेलेले उल्लेख गरेका छन्।

‘मलाई भगवानमाथि विश्वास छ र दुनियाँभरबाट प्राप्त भइरहेको सन्देशले ऊर्जा थपिरहेको छ। मैले विश्वकपमा ब्राजिललाई हेरिरहेको छु। यो सबै चिजका लागि धन्यवाद,’ पेलेले भनेका छन्।

८२ वर्षीय पेले साओ पाउलोस्थिति के इस्राइलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका छन्।

मंगलबार श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको शुक्रबार अस्पतालले जनाएको थियो।

तर, शनिबार केही सञ्चारमाध्यमहरूले पेलेको स्वास्थ्य अवस्था गम्भीर भएको र उनको शरीरमा किमोथेरेपीले असर नगरेको जनाएको थियो।

पछि अस्पतालले एक आधिकारिक बयान जारी गरेर पेले ठीक रहेको र उनका शरीर उपचारमा प्रतिक्रिया दिइरहेको बताएको थियो।



Leave a Reply

Your email address will not be published.