अनियमित महिनावारी र प्रजनन स्वास्थ्य

हेल्थपोस्ट नेपाल

काठमाडौं – महिनावारी मूलतः गर्भधारणका लागि महिलाको शरीरले आफूलाई तयार पार्ने प्रकृया हो। यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेधित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पुर्याउन एंडोमेट्रियमको विकास भएको हुन्छ । निषेचन हुन नसकेको खण्डमा यो महिनावारी को रुपमा शरीरबाट बाहिर निस्किन्छ ।

सामान्य स्वस्थ्य अवस्था भएको महिला अर्थात नियमित २८ दिनमा महिनावारी हुने महिलामा महिनावारी को १ देखि ५ दिन रक्तश्राव हुन्छ । महिनावारी को ६ देखि १४ दिन डिम्ब र एंडोमेट्रियमको विकास हुन्छ । महिनावारी को १४ दिनमा डिम्बाशयबाट डिम्बको निष्काशन हुन्छ । महिनावारी को १५ देखि २८ दिन गर्भ नली हुँदै डिम्ब पाठेघर सम्म पुग्छ । गर्भ नलीमा शुक्रकीट सँग मेल भए गर्भधारण प्रक्रिया शुरु हुन्छ अन्यथा एंडोमेट्रियमसंगै डिम्ब पनि महिनावारी को रक्तश्रावका रुपमा निस्किन्छ ।

धेरैजसो महिलाहरुमा महिनावारी गढ बढि भएको हुन्छ । यसका विभिन्न कारणहरु हुन सक्छन् । प्रजननमा हानी पुर्याउन सक्ने अनियमित महिनावारी का कारणहरु यस प्रकार रहेका छन् ।

एनोभुलेशन

एनोभुलेशन भएमा ओभुलेसन अर्थ डिम्ब निष्कासन हुन सक्दैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बिना गर्भधारण सम्भव हुँदैन ।

प्राथमिक डिम्बग्रथि अपर्याप्तता (पीओआई) र समय पूर्व डिम्बग्रथि विफलता (पीओएफ)

(पीओआई र पीओएफ भएको अवस्थामा अनियमित महिनावारी हुनसक्छ वा पूर्ण रुपमा महिनावारी बन्द हुन सक्छ । यो समस्या एस्ट्रोजेन हर्मोनको मात्रा कम भएर हुन सक्छ । यो समस्यामा योनी सुख्खा हुने, यौन सम्पर्क पीडादायी हुने, निद्रा नलाग्ने, शरीरको तापमान बढ्ने, डिप्रेसन जस्ता लक्षण देखिन सक्छ ।

मोटोपन

मोटोपन प्रजनन् मा असर पुर्याउने एक प्रमूख कारण हो । यसले महिनावारी पनि अनियमित बनाउँछ । अधिक मोटो व्यक्तिमा पीसीओएस, थाइराइड हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा जीवनशैली र खानपानमा सुधार ल्याउनुपर्छ साथै व्यायाम, योग आदिमा ध्यान दिएर सुधार ल्याउन सकिन्छ ।

पोलीसिस्टिक ओभरियन सिन्ड्रोम (पीसीओएस)

पीसीओएस एक इन्ड्रोक्राइन सम्बन्धि समस्या हो । यसले सबैमा बाँझो पन ल्याउँछ भन्ने हुँदैन तर गर्भधारणमा अफ्ठ्यारो हुने गर्दछ । ८ जना पीसीओएस भएका व्यक्तिमध्ये १ जनामा बाँझो पन पनि ल्याउन सक्छ । पीसीओएस देखिएका हरुले गर्भधारण गर्न लामो समय लिन सक्छन् वा उनीहरुमा गर्भपात को समस्या देखिन सक्छ ।

थाइराइड

अधिक सक्रिय वा न्यून सक्रिय थाइराइड भए महिनावारी र गर्भधारण दुवैमा समस्या देखिन सक्छ । थाइराइड भएमा तौल बढ्ने, निन्द्रा नलाग्ने, थकान लाग्ने, डिप्रेसन हुने जस्ता समस्या देखिन सक्छ ।

महिनावारी सँग सम्बन्धित यस्ता समस्या देखिए गर्भधारणका चुनौती थपिन्छन् तर सन्तान नै नहुने हुँदैन । कसै कसैले केहि औषधि सेवन गरेर त कसैले निरन्तर प्रयास बाट पनि सन्तान प्राप्त गर्न सक्छन् ।

 



Leave a Reply

Your email address will not be published.