झापामा चार महिनामा ३७ एचआइभी एड्स संक्रमित थपिए

काठमाडौं – झापामा चार महिनामा ३७ जना एचआइभी एड्स संक्रमित थपिएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा ३७ जनामा एचआइभी एड्स संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासले बताए ।
उनका अनुसार संक्रमितहरुले दमक अस्पतालमार्फत औषधि सेवन गर्ने ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमा औषधि सेवन गर्ने २६ जना थपिएका हुन् ।
गत वर्ष ३० जनामा एचआइभी एड्स सङ्क्रमण देखिएको थियो । झापामा हाल ६३६ जना संक्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेको उनले जानकारी दिए ।