स्यानिटरी प्याडको विकल्पको रूपमा उदाइरहेको महिनावारी कप के हो?

हेल्थपोस्ट नेपाल

महिलाको महिनावारीको लागि मेन्सुअल कपको प्रोटोटाइप पहिलो पटक १९३० को दशकमा देखा प¥यो। यसको पहिलो पेटेन्ट आवेदन १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले गरेकी थिइन् ।

पछिल्ला केही वर्षहरूमा थप आधुनिक र उन्नत संस्करणहरू बाहिर आएका छन्।

सिलिकन, रबर वा लेटेक्सबाट बनेको यो सानो कप आकारको वस्तुले बिस्तारै तर निश्चित रूपमा महिलाहरूको जीवनमा स्यानिटरी प्याडलाई विस्थापित गर्दै छ । यसको एउटा कारण भनेको सेनेटरी प्याड एक पटक मात्र प्रयोग गर्नु हो भने महिनावारी कप बढी व्यावहारिक र टिकाउ हुन्छ ।

यो कप लचिलो उत्पादनहरूबाट बनेको छ, त्यसैले यसले महिलाको प्रजनन् अंगको भित्र कुनै पनि समस्या उत्पन्न गर्दैन।

दक्षिण अमेरिकी देश ब्राजिलको साओ पाउलोको एक अस्पतालका स्त्री रोग विशेषज्ञ अलेक्जेन्डे पुपो यसबारे थप जानकारी दिन्छन्।

उनका अनुसार यसको प्रयोग गर्ने महिलाहरूले यसको फाइदा भनेको बिकिनी वा लेगिंज जस्ता कपडाहरूमा पनि पत्ता नलागेको बताउँछन्। साथै, यसले टेम्पोन जस्ता अनावश्यक तत्वहरू पनि सिर्जना गर्दैन।

यी कपहरू धेरै आकारहरूमा उपलब्ध छन्। यसको लम्बाइ ४ देखि ६ सेन्टिमिटरसम्म हुन्छ। मोटोपना भएका महिलाहरूलाई ठूलो आकारको कप चाहिन्छ।

स्वच्छता र सुरक्षित प्रयोगको रुपमा डाक्टरहरूको दिशानिर्देशहरू पछ्याउँदै, उत्पादन पुर्ण रुपमा सुरक्षित छ । १० वर्षसम्म टिक्न सक्छ।

यस लेखमा, हामी महिनावारी कपसँग सम्बन्धित पाँच ठूला प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्दछौं।

योनिमा महिनावारी कप कसरी घुसाउनु पर्छ?

यो कप महिलाको गुप्तांगमा हाल्नुअघि यसलाई दुई वा तीन भागमा बाँडिनुपर्छ, जसले गर्दा योनीमा प्रवेश गर्न सकिन्छ। यसलाई धेरै तरिकामा मोड्न सकिन्छ, ताकि यो सहज देखिन्छ।

दक्षिणी ब्राजिलको पोर्टो एलेग्रेको अस्पतालमा संलग्न स्त्री रोग विशेषज्ञ ग्रेब्रिएला गैलिना यसबारेमा बताउँछिन्, ‘एउटी महिला आफ्नो खुट्टा फैलाएर र घुँडा टेकेर शौचालय वा ओछ्यानमा बस्छिन्। यदि उनको यौनांग एकदमै सुख्खा छ भने कप भित्र पस्न असहज हुन सक्छ, त्यसैले आरामलेयसको प्रयोग गर्नुपर्छ, विशेष गरी पहिलो पटक प्रयोग गर्दा बिशेष ध्यान दिनुपर्छ ।

गैलिन बताउँछिन्, ‘त्यसपछि यसलाई बिस्तारै भित्र घुसाउनुपर्छ। जस्तै रगत जम्मा गर्ने भाग छोड्ने बित्तिकै यो कप खुल्छ। यसलाई भित्र राम्ररी मिलाउन अलिकति घुमाउनुपर्छ।’

औँलाको सहायताले यसलाई टेम्पोन जस्तै यौनाग भित्र राख्नुपर्छ। यो कप ट्याम्पोन भन्दा फरक छ किनकि यसको कार्य रगत अवशोषित गर्नु होइन तर यसलाई संकलन गर्नु हो।

अलेक्जेन्डे« पुपो बताउँछन्, ‘एक पटक सम्मिलित गरेपछि, कपले यौनांगको पर्खालहरूमा टाँस्छ। यसलाई खुला राख्नको लागि, यसको किनारमा रहेको लचकदार ब्यान्डलाई अलिकति कडा बनाइन्छ। भित्र यो विस्तार हुन्छ र पर्खालहरूमा जोड्नका लागी अवतल हुन्छ। जहाँ यो स्थिर रहन्छ।

मेन्स्टुअल कपको प्रयोग एक पटकमा बढीमा १२ घण्टासम्म गर्न सकिन्छ। मोटोपना भएका महिलाहरुले चाहि ४ देखि ६ घण्टामा परिवर्तन गर्न सल्लाह दिइन्छ।

यसको सानो आकार यसलाई पत्ता लगाउन मद्दत गर्दछ। तर, यसले पनि समस्या निम्त्याउन सक्छ।

पुपो सल्लाह दिन्छन् कि यसलाई रडले हटाउन धेरै बल लाग्न सक्छ। त्यसैल भित्रको खाली ठाउँ कम गर्न औंला प्रयोग गर्ने सल्लाह दिन्छिन्।

नुहाउँदा यसलाई फुकाल्न सहज हुन सक्छ, तर शौचालयमा बस्दा यसलाई फुकाल्नु पनि सुरक्षित छ।

गैलिनाका अनुसार यो ध्यान दिनु पर्छ कि पहिलो प्रयोग सामान्यतया अलि असहज हुन्छ। महिलालाई महिनावारी कपको प्रयोगमा बानी बसाल्न दुई वा तीन प्रयास लाग्न सक्छ। यो सिफारिस गरिन्छ कि महिनावारी नभएको बेला मात्र यो परीक्षण गर्नुपर्छ।

महिनावारी कप कसरी सफा गर्ने?

पहिलो पटक प्रयोग गर्नु अघि मेस्टुअल कपलाई स्टोभमा वा माइक्रोवेभमा ५ मिनेट तातो पानीमा उमालेर यसलाई सुरक्षित गर्न सकिन्छ। धेरै ब्रान्डहरूले यसको लागि विशेष प्रकारको कन्टेनर पनि प्रदान गर्छन्।

महिनावारीको समयमा यसलाई बारम्बार प्रयोग गर्दा, यसलाई पानी र साबुनले राम्ररी सफा गर्न सिफारिस गरिन्छ। र महिनावारी सकिएपछि त्यसैगरी उमाल्नुपर्छ ।

त्यस पछि यसको प्रयोग नगरेमा यसलाई कपडाको झोलामा बन्द राख्नुपर्छ । त्यसपछि महिनावारी सुरु भएपछि यसलाई प्रयोग गर्नुअघि फेरि तातो पानीमा उमाल्नुपर्छ।

के यो स्वास्थ्य खतरा हुन सक्छ?

महिनावारी कपहरू राम्ररी सेनिटाइज गरेपछि प्रयोग गर्न धेरै सुरक्षित छन्। तर यसलाई राम्ररी सफा गरिएन भने यसले संक्रमणको जोखिम बढाउन सक्छ।

गैलिना भन्छिन्, ‘यदि यौनांग सूक्ष्मजीवको सम्पर्कमा आयो भने यो हानिकारक हुन सक्छ। यसले क्यान्डिडिआसिस र वेजिनोसिसको समस्या निम्त्याउन सक्छ।

कन्डमबाट एलर्जी भएका महिलाहरूलाई लेटेक्स–रहित कप प्रयोग गर्न स्त्री रोग विशेषज्ञ अलेक्जेन्डे« पुपो सल्लाह दिन्छन्।

महिनावारी कप लगाउँदा के गर्ने र के नगर्ने?

सामान्यतया मेस्टुअल कप लगाउँदा पिसाब जाँदा कुनै समस्या हुँदैन। तर यदि दबाब महसुस भयो भने यसको मतलब यो कप यौनांग भित्र अलि बढी जानुपर्छ।

बच्चा नजन्माउनका लागि कुनै महिलाले पाठेघरमा आईयूडी राखेकी छिन् भने उनीहरूलाई पनि त्यसको प्रयोग गर्न समस्या पर्दैन । यो किनभने दुवैको ठाउँ फरक छ। एउटा पाठेघर भित्र हुन्छ भने अर्को यौनांग भित्र हुन्छ ।

तर, यौनसम्पर्क गर्दा यो कपलाई यौनांगबाट निकाल्नुपर्छ । पहिले कहिल्यै यौन सम्पर्क नगर्ने महिलाहरूका लागि नरम प्रकारको कप आउँछ।

विज्ञहरू भन्छन् अझै पनि धेरै मानिसलाई महिनावारी कपको बारेमा थाहा छैन, किनभने यसको बारेमा धेरै कुरा गरिएको छैन।

महिनावारी कप प्रयोग गर्नुका फाइदाहरू र हानिहरू के हुन्?

डाक्टरहरूको विचारमा महिनावारी कपको सबैभन्दा ठूलो फाइदा भनेको यो स्थायी प्रकृतिको वस्तु हो।

एक महिला सम्पूर्ण जीवनमा औसत ४५० पटक महिनावारी हुन्छन् । यसको मतलब एक महिलाले आफ्नो जीवनकालमा करिब ७ हजार २०० स्यानिटरी प्याडहरू प्रयोग गर्नुपर्ने हुन्छ। जबकि मेस्टुअल कपको ठूलो विशेषता भनेको एउटा कप ३ देखि १० वर्षसम्म टिक्न सक्छ।

यसको अर्को फाइदा यो हो कि यसले सिर्जना गरेको भ्याकुमले महिनावारीको रगतलाई हावाको सम्पर्कमा आउन दिँदैन, जसका कारण यस समयमा अन्डरवियरबाट गन्ध आउँदैन।

स्त्री रोग विशेषज्ञका अनुसार यसको नकारात्मक पक्ष भनेको सबै महिलाले यो कपलाई राम्ररी प्रयोग गर्न सक्दैनन्, यो आवश्यक छैन, यस्तो अवस्थामा उनीहरुले समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

(बीबीसी हिन्दिबाट अनुवाद गरिएको)



Leave a Reply

Your email address will not be published.