के हो न्यूरोडेवलपमेन्टल डिसअर्डर?

हेल्थपोस्ट नेपाल

एडीएचडी एक प्रकारको न्यूरोडेवलपमेन्ट डिसअर्डर हो। यो सामान्यतया केटीहरुमा भन्दा केटाहरुमा अधिक पाइन्छ।

धेरै केटीहरूमा यो केटाहरू भन्दा बढी खतरनाक स्तरमा हुन सक्छ। यो डिसअर्डर मुख्यतया तीन प्रकारको हुन्छ।

यस्तो अवस्थामा बिरामीको दिमाग चीजहरूमा ध्यान केन्द्रित गर्न सक्दैनन्। स साना कुराहरू चाँडै बिर्सन्छन् । यसको अर्को रूप बिरामी धेरै सक्रिय र बोल्ने हुन्छ। घडी टिकाएर कतै बस्न सक्दैनन् ।

एडीएचडीको तेस्रो रुपमा यी दुवै लक्षण हुन सक्छ। सामान्यतया यो अवस्था बालबालिकामा बढी हुन्छ । तर सही समयमा उपचार नपाएमा बच्चा यही मनोभावमा हुर्कन्छ।

केटाहरूमा यो रोग सामान्यतया प्रारम्भिक चरणहरूमा थाहा पाउन सकिन्छ । भने केटीहरुले जीवनभर यो डिसअर्डरको सामना गर्नुपर्छ।

कारण एकदम स्पष्ट छ। अन्य रोगहरू जस्तै, यो रोगमा केटीहरूमा भन्दा केटाहरूमा धेरै अनुसन्धान गरिएको छ।

एमिली जोन्सन फर्ग्युसनको एउटा यस्तो उदाहरण छ । किशोरावस्थामा नै उनको दिमागले सुस्त गतिमा काम गर्न थालेको थियो ।

बेवास्ता नगर्नुहोस्

उनको यो रोग ४२ वर्षको उमेरमा थाहा भयो। एमिलीजस्ता धेरै महिला छन्, जो यो रोगसँग बाँचिरहेका छन् तर उनको रोग पत्ता लागेकोे छैन।

अमेरिकाको वाशिगटन युनिभर्सिटीमा बाल मनोवैज्ञानिक एनी अर्नेटले गरेको अनुसन्धानका अनुसार केटा र केटीमा एडीएचडीका लक्षण फरक–फरक तरिकाले देखिन्छन् । र यो भिन्नता न्यूरोबायोलोजिकल भिन्नताका कारण हुन्छ।

यदि कुनै ठाउँको सम्पूर्ण जनसंख्यामा एडीएचडीको अनुपात गणना गर्ने हो भने त्यसको लागि अनुसन्धानको आकार धेरै महत्वपूर्ण हुन्छ।

तर व्यापक रूपमा केटा र केटीहरूमा यो अनुपात २ः १ र १०ः १ हुन सक्छ।

अनुसन्धानकर्ता फ्लोरेन्स मोलेम भन्छिन्, ‘एडीएचडीको बिरामीहरूमा गरिएको अनुसन्धानमा केटीहरूलाई बेवास्ता गरिएको छ।

यदि सहि तरिकाले अनुसन्धान गरियो भने हुन सक्छ कि केटीहरूमा एडीएचडी बढी पाइन्छ।

फ्लोरेन्सको अनुसन्धानका अनुसार केटीहरूमा एडीएचडीको लक्षण देखिए पनि ध्यान दिँदैनन्।

उदाहरणका लागि, फ्लोरेन्सको अनुसन्धानमा भाग लिने धेरै अभिभावकहरूले आफ्ना केटीहरूलाई हाइपरएक्टिभ हुनुलाई कम आँकलन गरे।

व्यवहारको संकेत

एडीएचडी भएका केटीहरूमा भावनात्मक लक्षणहरू पनि पाइन्छ, साथै तिनीहरूको व्यवहार एडीएचडी नभएका केटीहरू भन्दा फरक हुन्छ। तर केटाहरूमा यस्ता लक्षणहरू पाइँदैन।

फ्लोरेन्सले एक अर्को अनुसन्धानमा पाइएको छ की यदि उत्ताउलोपन र व्यवहारमा फरक हुन्छ । त्यसैले उनको रोग छिट्टै बाहिर आउन सक्छ।

लन्डन एनएचएस ट्रस्टकी अनुसन्धानकर्ता हेलेन रीड भन्छिन् कि यदि केटीहरू केटाहरूको तुलनामा बढी हाम फाल्छन् भने उनीहरूलाई त्यसो गर्नबाट रोकिन्छ।

जबकि कारण बुझ्ने प्रयास गरिदैन । सही कारण बुझ्न अझै थप अनुसन्धान आवश्यक छ।

केटाहरु भन्दा केटीहरु धेरै लापरवाह हुन्छन् भन्ने मान्यता छ । तर यो गलत धारणा हो।

अहिलेको अनुसन्धानले लापरवाहीको स्तर दुवैमा समान रूपमा पाइन्छ।

बरु, एडीएचडी भएका बालबालिकामा सबै लक्षणहरू समान छन् भनियो भने गलत हुनेछैन। हो, यो निश्चित छ कि एडीएचडी भएका केटीहरूमा पनि बढ्दो उमेरमा तनाव र चिन्ता धेरै हुन्छ।

उपचार गर्न सकिन्छ

९० को दशकमा गरिएको एउटा अनुसन्धानका अनुसार जुन केटिहरुलाई बाल्यकालमा एडीएचडी भएको पत्ता लागेका हुन्छ उनिहरुमा पछि गएर आफैलाई हानि गर्ने र आत्महत्या गर्ने विचारहरू विकास गर्ने सम्भावना बढी हुन्छ।

केहि अनुसन्धानहरुका अनुसार समयमा नै एडीएचडीलाई पत्ता लागेर उपचार गर्न थालियो भने दीर्घकालीन रूपमा हुने क्षतिबाट बचाउन सकिन्छ।

जबकि अर्को अनुसन्धानले यो स्थायी अवस्था हो जसलाई औषधिले निको नहुने बताएको छ । यद्यपि यसलाई नियन्त्रण गर्न सकिन्छ।

एमिली फर्गुसन भन्छिन् कि उनको उपचार सुरु भएदेखि उनको जीवन पूर्ण रूपमा परिवर्तन भएको छ। अहिले उनले आफ्नो सबै काममा ध्यान दिन थालेकी छिन् ।

तर सबै एडीएचडी बिरामी एमिली जत्तिकै भाग्यमानी हुँदैनन्। उनको जीवन यसरी नै समाप्त हुन्छ।



Leave a Reply

Your email address will not be published.