के बच्चाले गर्भमा स्वादको भावना विकास गर्छन्?

‘के तपाईलाई थाहा छ गर्भमा रहेको बच्चाले पनि तपाईले खाएको खानेकुराको स्वाद पाउँछ ?’
रेश्मा यो प्रश्न सुन्नेबित्तिकै फोनमा हाँस्छिन् र आफूलाई यो थाहा नभएको तर सुन्दा राम्रो लागेको बताइन् ।
उनी तेस्रो पटक आमा बन्दैछिन् र उनको पाँचौं महिना चलिरहेको छ ।
उनी भन्छिन्, ‘जब म पहिलो पटक गर्भवती हुँदा अमिलो खान मन लाग्थ्यो, दोस्रो पालोमा म बिरामी भएँ र तेस्रो पटक मसालेदार खाना खाएँ । यो सुनेर राम्रो लाग्यो बच्चाले पनि स्वाद लिन्छ। अब मैले मसलादार खाइरहेकी छु भने सायद मेरो गर्भमा हुर्किरहेको बच्चालाई पनि मसलादार खाना मन परिरहेको होला ।’
गर्भमा हुर्किरहेको बच्चाले स्वाद महसुस गर्छ र सुँघ्ने क्षमता पनि हुन्छ । यो कुनै मिथक होइन, नयाँ अनुसन्धानमा यो कुरा बाहिर आएको छ।
युनिभर्सिटी अफ डरहम र एस्टन युनिभर्सिटीका वैज्ञानिकहरूका अनुसार एक आमाले जे खान्छिन्, गर्भमा रहेको बच्चाले पनि त्यसमा प्रतिक्रिया दिन्छ।
अनुसन्धानले के पत्ता लगायो ?
इंग्ल्यान्डको यस युनिभर्सिटीले एक सय गर्भवती महिलामा गरेको अनुसन्धान गर्भमा रहेका शिशुको अनुहारमा खाने क्याप्सुलको प्रतिक्रिया देखा पर्यो ।
डरहमको अनुसन्धानकर्ता बेयजा उस्तुनले यस अनुसन्धानको नेतृत्व गरे जसमा आमाहरूलाई पातदार हरियो तरकारी र गाजरको एक–एक क्याप्सुल दिइयो।
क्याप्सुल दिनुअघि र पछि गर्भमा रहेको शिशुको अनुहारको अध्ययन गरीयो । जब बच्चासम्म गाजरको क्याप्सुलको स्वाद पुगेपछि उसको ‘हँसिलो अनुहार’ देखियो ।
तर जब आमालाई हरियो तरकारीको क्याप्सुल दिइयो, तब बच्चाले ‘रुदै गरेको अनुहार’ बनाएर प्रतिक्रिया दियो।
बेयजाले भनिन्, ‘स्क्यानको क्रममा केरा र गाजर दिएपछि गर्भमा हुर्किरहेको बच्चाको प्रतिक्रिया देखेर अचम्म लाग्यो र अभिभावको सथामा ती पलहरू बताउँन पनी।’
गन्ध र स्वादको क्षमता विकास
एक गर्भवती महिलामा एम्निओटिक फ्लुइड हुन्छ र र यसमा बच्चा तैरिन्छ वा पौडी खेल्छ। एक गर्भवती महिलाले जेसुकै खाए पनि गर्भमा हुर्किरहेको बच्चाले यो एम्नियोटिक फ्लुइडको माध्यमबाट विभिन्न प्रकारको स्वाद लिन सक्छ।
यस अनुसन्धानमा यो पनि भनिएको छ कि आमाले जे खाइरहेकी छन्, यो सम्भावित रूपमा बच्चाको गन्ध र परीक्षणको भावनालाई असर गर्न सक्छ।
स्त्री रोग विशेषज्ञ डा भावना चौधरी भन्छिन् कि पहिलो त्रैमासिक (०–१३ हप्ता) सम्ममा गर्भमा हुर्किरहेको बच्चाको स्वाद र सुघ्ने क्षमता विकास हुन थाल्छ र दोस्रो (१४–२६ हप्ता) र तेस्रो त्रैमासिकमा राम्रोसँग विकसित हुँदै जान्छ।
गर्भवती महिलाको शरीरमा जुन एम्नियोटिक फ्लुइड हुन्छ, उसको मार्फत गर्भमा हुर्किरहेको बच्चाको नजिक आमाले खाएको खानेकुराको स्वाद पुग्छ । पछि गएर बच्चालाई मनपर्ने र मननपर्नेमा स्वादमा असर गर्न सक्छ।
वर्धमान महावीर मेडिकल कलेज र सफदरजंग अस्पतालकी प्रमुख चिकित्सा अधिकृत तथा स्त्री रोग विशेषज्ञ डा यामिनी सरवाल भन्छिन, गर्भवती महिला र गर्भमा हुर्किरहेको बच्चा एउटै इकाई हुन्छन् ।
यस्तो अवस्थामा गर्भवतीले जे खाइरेकी छिन्, जस्तो हर्मोन उनीमा बनिरहेको छ, त्यो सबै बच्चाको पनि प्राप्त भइरहेको हुन्छ । जसले उसको विकासलाई असर गर्छ।
तर के गर्भवती महिलाले जुन खानेकुराले खान्छिन, त्यसको असर ठुलो हुँदै जाँदा बच्चाको खानेकुरा छनोटमा पनि पर्छ?
साइन्स डेलीमा प्रकाशित एक लेखका अनुसार एक गर्भवती महिलाले खाने आहारले गर्भमा हुर्किरहेको बच्चाको सुघ्ने र स्वादप्रति संवेदनशील बनाउँछ । यस लेखको स्रोत कोलोराडो विश्वविद्यालय हो।
डा भावना चौधरी भन्छिन्, ‘मानौं गर्भावस्थामा एक महिलाले धेरै फलफूल सेवन गरेमा बच्चा जन्मेपछि फलफूल खान मन पराउन सक्छ । किनभने एम्नियोटिक फ्लुइडमा त्यस प्रकारको स्वाद बढी हुन सक्छ। बच्चामा यसको बारम्बार एक्पोजर हुन्छ। आनुवंशिक रूपमा, कहिलेकाही मिठाई धेरै रुचाउँछन्।’
खुशी र तनाव दिने हर्मोन
यस कुरालाई अगाडि बढाउँदै डा यामिनी सरवाल भन्छिन्, ‘एक गर्भवती महिला यदि खुसी भएर खाइरहेकी छिन् भने प्यारासिम्पेथेटिक हार्मोन जसलाई खुशी हर्मोन भनिन्छ, त्यो बच्चालाई मिल्छ। त्यहाँ यदि केहि चिज उसलाई मन पर्देन र उसले खान परिरहेको हुन्छ भने सिम्पेथिक (सहानुभूति) हर्मोन फेला पर्छ अर्थात् तनाव दिने हर्मोन बच्चामा जान्छ। जो पछि गएर बच्चाको खाने बानीमा असर गर्न सक्छ।
मानिसको उनिहरुको ‘जिन’ को अनुसार अलग अलग स्वाद मन पर्न सक्छ।
तर बच्चा जन्मेपछि, तपाईं उसलाई जस्तो खाना दिइन्छ त्यहि अनुसार उसको रोजाइ पनि परिवर्तन हुन सक्छ।
गर्भावस्थाको बारेमा अब मानिसहरु धेरै सचेत भएका छन् र महिलाहरू पनि आहार, योग र व्यायामको महत्व पनि धेरै बुझ्न थालेको दुवै डाक्टरले सुझाव दिए।
तर यहाँ हामीले हेर्न आवश्यक छ की गर्भवती महिलाले के खाइरहेको छ, के सोचिरहेको छ वा उसको मनको अवस्था कस्तो छ किनभने यसको असर बच्चाको हर्मोनमा पनि पर्छ।
यस्तो अवस्थामा यदि उनी सकारात्मक रहन्छिन् भने बच्चामा पनि त्यही उर्जा संचार हुन्छ ।
(बीबीसी हिन्दिबाट अनुवाद)