डेनमार्कमा केटीहरूको पाठेघरमा जबरजस्ती उपकरण घुसाउने डरलाग्दो कथा, अनुसन्धानको आदेश

हेल्थपोस्ट नेपाल

डेनमार्क र ग्रीनल्याण्ड आधिकारिक रूपमा ऐतिहासिक जन्म नियन्त्रण प्रणालीको प्रथामा दुई वर्ष लामो अनुसन्धान सुरु गर्न सहमत भएका छन्।

डेनमार्कका डाक्टरलाइ जनजातिय इनुइट ग्रीनल्यान्डसँग धेरै वर्षदेखि यस प्रणाली प्रयोग गरेको आरोप लगाइएको छ।

१९९० र ७० को दशकमा, हजारौं इनुइट महिला र केटीहरूमा इन्ट्रायूटरिन गर्भनिरोधक उपकरण (आईयुडी) लगाइएको थियो । जसलाई सामान्यतया कोएल पनि भनिन्छ।

यो गर्भनिरोधक उपकरण महिलालाई गर्भवती हुन नदिन उनीहरूको पाठेघरमा लगाइएको थियो ।

जुन महिला र केटीको गर्भमा आइयुडी लगाइएको थियो त्यसमध्ये नाया लिबथ एक हुन्।

यो १९७० को दशकको कुरा हो । जब नाया १३ वर्षकी थिइन् । त्यसबेला उनलाई एक डाक्टरले स्कूलमा नियमित स्वास्थ्य परिक्षणको क्रममा स्थानीय अस्पतालमा जान आग्रह गरे । त्यहाँ उनको पाठेघरमा कोएल राखिएको थियो।

उनी भन्छिन्, ‘मलाई थाहा थिएन कि यो के हो, न मलाई यसको बारेमा भनिएको थियो र न मेरो अनुमति लिइएको थियो।’

नाया त्यस समयमा ग्रीनल्याण्डको पश्चिमी तटमा रहेको एउटा सानो सहर मानित्साकमा बस्ने गरेकी थिइन् ।

उनी भन्छिन्, ‘म डराएकी थिएँ। मैले आफ्नो परिवारलाई पनि बताउन सकिनँ। म त्यसबेला कुमारी थिएँ। मैले केटालाई चुम्बनसमेत गरेको थिइन्।’

नाया अहिले ६० वर्षकी भइन्, उनी यसको विरुद्धमा पहिलो पटक आवाज उठाउनेमा पर्छिन्।

‘म याद गर्न सक्छु कि एक डाक्टर सेतो कोटमा थियो र सायद त्यहाँ एक नर्स पनि थिइन्। जहाँ खुट्टा फैलियो, त्यहाँ मैले धातुको केहि चिज देखेँ। यो सबै धेरै डरलाग्दो थियो। डाक्टरले जुन उपकरणको प्रयोग गरिरहेका थिए त्यो म जस्तै बच्चाको शरीररको लागी धेरै ठूला थिए। यस्तो लाग्यो की ठूलो भारी चक्कु मेरो भित्र राखिएको छ।’

४,५०० भन्दा बढी महिलाहरुमा आइयुडि लगाइयो

नाया भन्छिन् उनको परिवारको अनुमति लिइएको थिएन् । उनको केही सहपाठीलाई पनि अस्पतालमा पठाइएको थियो तर उनिहरुले यसको बारेमा कुरा गरेनन् किनकि ‘यो धेरै चकित पार्ने थियो।’

उनीहरूले एउटा फेसबुक समूह बनाए। जहाँ महिलाहरूले आफ्ना अनुभवहरू साझा गर्न सक्छन् र यस आघातको सामाना गर्न एक अर्कालाई मद्धत गर्न सक्छन्। जसमा ७० भन्दा बढी महिलाहरु सहभागि भए।

स्पीगलको अभियान (कोएल अभियान) नामक एक पोडकास्टमा यस्तो रेकर्ड फेला पर्यो, जसमा भनिएको छ की ग्रिनल्याण्डमा १९६६ देखि १९७० को बिचमा ४,५०० महिला र केटिहरुले आइयुडि वा कोएल प्रत्यारोपण गरे । यो प्रक्रिया १९७० को दशकको मध्यसम्म जारी रह्यो।

यी सबै घटनामा स्पष्ट छैन की कतिवटा मुद्दामा सहमति लिइयो वा लिइएन् वा यसको बारेमा खुलेर बताइएको थियो ।

प्रभावित हुनेहरूमा १२ वर्षसम्मका केटीहरू समावेश छन्, जसमध्ये धेरैले सार्वजनिक रूपमा भनेका छन् कि उनिहरुलाई यसको बारेमा सहि तरिकाले जानकारी दिइएको थिएन् । कतिपय महिलाले सन्तान जन्माउन सकेनन् । त्यसका लागि उनिहरु कोयललाई दोष दिन्छन् ।

नाया भन्छिन्, ‘धेरै महिलाले मलाई सम्पर्क गरे। यस्तो लाग्छ की जति युवावस्थामा केटीहरूलाई यो कोयल लगाइयो, यसले उनिहरुसँग समान समस्या देखियो । यो धेरै दुःखको कुरा हो।’

आनागुआक पाल्सन जब १६ वर्षको हुँदा उनलाई कोयल लगाइएकोे थियो। त्यसबेला उनी ग्रिनल्याण्डमा नभई डेनमार्कको भूमिमा थिइन् । १९७४ मा उनी ग्रीनल्याण्डका बच्चाहरूको लागि बोनहोममा बनाइएको बोर्डिङ स्कूलमा पढ्दै थिइन्।

उनी भन्छिन्, ‘प्रक्रिया अघि उनिहरुले मलाई केही सोधेनन्, मलाई पनि केहि आइडिया थिएन कि यो सब के हो र कोएल के हुन्छ।’

उनी वर्षमा एक पटक मात्रै आफ्नो घर जान सक्थीन् । यो स्पष्ट छ की उनले परिवारसँग कुनै सल्लाह लिएको थिइनन् । जब उनी १७ वर्षको उमेरमा एक वर्ष पछि आफ्नो घर ग्रीनल्याण्डमा फर्किइन् त्यसबेला उनले कोयल हटाएको आनागुआक यस पीडाको बारेमा बताइन् ।

६४ वर्षीय आनागुआक रुँदै भन्छिन्, ‘मलाई लाग्यो कि त्यतिबेला मसँग कुनै विकल्प थिएन र म यसलाई स्वीकार गर्न सक्दिनँ।’

उनी भन्छिन्, ‘यदि यो ग्रीनल्याण्डको सट्टा डेनमार्ककी महिला भए मानिसहरूले कस्तो प्रतिक्रिया दिने थिए?’

ग्रीनल्याण्ड वा डेनमार्कमा जन्म नियन्त्रण कार्यक्रमको बारेमा थोरै मात्र जानकारी छ । यस रिपोर्टका कारण मानिसहरूलाई धक्का लाग्यो । योसँगै आक्रोश पनि बढेको छ ।

डेनमार्कको स्वास्थ्य प्राधिकरणद्वारा बनाइएको एक समितीले अब गर्भावस्था रोकथाम प्रथाको जाँच गर्नेछ।

प्राधिकरणलाई आरोप छ की १९६० देखि १९९१ को बिचमा ग्रीनल्याण्ड र डेनमार्कमा ग्रीनल्याण्डका विद्यार्थीका लागि बनाइएका विद्यालयहरूमा यो प्रक्रिया अपनाइएको थियो ।

डेनमार्कको उपनिवेश थियो ग्रिनल्याण्ड

ग्रिनल्याण्डको सरकारले १९९२ मा डेनमार्कमा स्वास्थ्य नीति आफैंमा लिएका थिए ।

डेनमार्कका स्वास्थ्य मन्त्री माउनुस ह्युनिकेले एक विज्ञप्ति जारी गरे । जसमा उनले भनेका छन् कि अनुसन्धानबाट थाहा पाउन सकिन्छ यस्तो अभ्यास के कारणले र कसरी भयो।

उनले धेरै पीडित महिलालाई भेटेको बताए । उनले भने, ‘शारीरिक र भावनात्मक रूपमा पीडा आज पनि महसुस गरिदैं छ।’

ग्रीनल्याण्ड डेनमार्कको उपनिवेश थियो । १९५३ मा उसले एक देशको रुप लियो ।

त्यसपछि व्यापक आधुनिकीकरण योजनाहरु आए । जसले राम्रो स्वास्थ्य हेरचाहको सुरुवात भयो। आयु बढ्यो र शिशु मृत्युदर घट्यो।

धेरै मानिसहरूले यो प्रक्रियालाई समर्थन गर्छन्

कोपेनहेगन विश्वविद्यालयका इतिहासकार सोएरेन रड भन्छन यसले दोस्रो चुनौतीहरू सिर्जना गर्यो । ग्रीनल्याण्डको सानो जनसंख्या द्रुत गतिमा बृद्धि भएको छ । १९७० मा यो लगभग दोब्बर भयो।

रडको विश्वास छ कि कोयल आंशिक रूपमा आर्थिक आवश्यकताका कारण ल्याइएको हो तर यो औपनिवेशिक दृष्टिकोणको परिणाम पनि थियो।

‘यसको मुख्य चासो बढ्दो जनसख्यालाई सीमित गर्नु र घर उपलब्ध गराउने र सामाजिक कल्याणकारी योजनाको चुनौतीको सामना गर्नु थियो,’ उनी भन्छन्।

युवा एकल आमाहरूको उच्च अनुपात पनि दोस्रो चिन्ताको विषय थियो । यसले उनीहरूलाई परिवार नियोजन गर्न प्रेरित गथ्र्यो।

रड भन्छन् केहि जर्नलमा डाक्टरहरूले कोयलको प्रक्रियाको बारेमा लेखेका छन् र यसलाई सफलताको रूपमा वर्णन गरेका छन्। केही वर्षभित्रै जन्मदर आधा घटेको तथ्यांकले देखाउँछ।

नुक की कैटरीन जैककबसन जब १२ वर्षकी मात्र थिइन् । त्यसबेला उनको पाठेघरमा कोएल राखिएको थियो । उनलाई याद छ एक आफन्तकी प्रेमिकाले १९७४ मा उनलाई डाक्टरकहाँ लगेको थिइन् ।

झण्डै दुई दशकदेखि उनको पाठेघरमा कोएल थियो, जसका कारण उनले पीडा र धेरै समस्याको सामना गर्नुपरेको थियो । ३० वर्षको उमेरमा उनको पाठेघर निकाल्नुपरेको थियो ।

उनी भन्छिन्, ‘मेरो जीवनमा यसले ठूलो असर पारेको थियो। मैले यसबारे कहिल्यै कसैलाई भनेकी थिइनँ किनभने मलाई सधैं यो लाग्थे की यो सब मलाई मात्र भएको हो।’

आजको आइयुडि एउटा सानो रोमन अक्षर ‘के’ र ‘टी’ जस्तो यन्त्र हो । जुन १९६० को दशकको शुरुमा ‘एस’ आकारको धेरै ठूलो थियो।

नुक को क्विन इनरिड्स अस्पतालकी स्त्री रोग विशेषज्ञ एवियाया सिग्सटल भन्छिन्, एउटा यस्तो पाठेघर जुन कहिल्यै गर्भवती भएको थिएन् । त्यसमा केएलको कारण धेरै रगत, धेरै दुखाइका साथै संक्रमणको जोखिम निकै बढेको थियो।’

१९९० र २००० को दशकमा उनी र उनका सहकर्मीको सामाना यस्तो बिरामीसँग भयो जो गर्भवती हुन सकिरहेकी थिइनन् । उनलाई थाहा थिएन की उनको पाठेघरमा कोएल राखिएको छ । उनी भन्छिन् कि यो ठूलो संख्या होइन तर यो सामान्य कुरा पनि होइन।

उनी भन्छिन्,‘कतिपय अवस्थामा ति महिलाहरूमा आइयुडी फेला पर्यो । जुन गर्भपतन गराएपछि उनीहरूलाई बिना जानकारी लगाइएको थियो ।’

ग्रीनल्याण्डमा डेनमार्कको विगतमा बहस

ग्रीनल्याण्डको मानव अधिकार परिषद्का अनुसार यस मामलामा पारिवारिक जीवन र गोपनीयता सम्बन्धी सम्झौताको उल्लंघन भएको थियो।

काउन्सिलका अध्यक्ष किवियक लुस्टम भन्छन्, ‘हामीले यो बुझ्नको लागी छानबिन गर्न आवश्यक छ कि यो वास्तवमा एक जनसंहार थियो। हामी यसमा कुनै खाली रिपोर्ट चाहँदैनौं।’

यस अनुसन्धानमा ग्रीनल्याण्डलाई समावेश गर्नाले वास्तवमा के भएको थियो भन्ने गहिराई पत्ता लाग्ने ग्रिनल्याण्डका स्वास्थ्य मन्त्री मिमी कार्लसनले बताए ।

यसको कारण डेनमार्कको ग्रीनल्याण्डसँगको विगतको सम्बन्धको साथ थप विवादहरू निम्त्याएको छ जुन छानबिनमा छ।

मार्चमा डेनमार्कले माफी माग्दै इनुइट व्यक्तिहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको थियो। १९५० मा एक सामाजिक प्रयोग अन्तर्गत यी मानिसहरूलाई आफ्नो परिवारबाट खोसेर डेनमार्क पठाइएको थियो।

गर्मिमा ग्रीनल्याण्डको संसदले एक प्रस्तावमा मतदान गरेका थिए । जस अन्तर्गत १९५३ पछि डेनमार्कको उपनिवेशवादको छानबिन गर्न छुट्टै आयोग बनाइनेछ ।

गर्भनिरोधक प्रक्रियाको प्रथाबाट जुन महिला प्रभावित भए उनको लागी परामर्शको प्रस्ताव दिइएको छ। तर आनागुआक जस्ता महिलाले क्षतिपूर्ति दिनुपर्ने मान्यता राख्छन्।

उनी भन्छिन्, ‘मलाई थाहा छ कि धेरै महिलाहरू छन् जोसँग बच्चा छैन ।’

(बीबीसी न्यूज हिन्दिबाट अनुवाद)



Leave a Reply

Your email address will not be published.