कहिल्यै दोस्रो नभएकी  तोसिमाको कस्तो होला राजनैतिक यात्रा

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजार १७३ मतान्तर सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन् ।

ललितपुर क्षेत्र ३ मा ६१ हजार ६७८ मत खसेको तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्धन्दि एमालेका अमृत खड्काले १२ हजार ९६३ मत प्राप्त गरेका छन् । भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेकी छिन् ।

यस क्षेत्रबाट २०७४ नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल निर्वाचित भएकी थिइन् । अहिले उनले लामो मतान्तर सहित हार बेर्होनुपरेको छ ।

को हुन्  तोसिमा

तोसिमा पेशाले एक शल्यचिकित्सक हुन् । राजनीति आउनु अघि उनी पाटन अस्पतालमा कार्यरत थिइन् । उनी ‘राजनीतिमा पलाएको ट्युमरको शल्यक्रिया’ गर्न भन्दै चुनावी मैदानमा उत्रिएकी हुन्।

राजनीतिलाई सेवा भन्दा पनि व्यवसाय बनाएकाले देश र समाज सपार्ने अभिभारा बोकेर राजनीतिमा आएको उनी बताउँछिन् ।

डा तोसिमाको जन्म २०४६ जेठ ७ गते बुद्ध जयन्तीको दिन भएको हो। मध्यम वर्गीय परिवारमा पहिलो सन्तानको रुपमा उनी जन्मिएकी हुन्।

सानैदेखि उनी तिक्ष्ण स्वभावकी थिइन्। स्कुले जीवनमा सँधै अब्बल थिइन्। उनी कहिल्यै दोस्रो हुनुपरेन।

उनले ललितपुरको नख्खुमा सहिद धर्मक्त माथेमाकी छोरी रेनु माथेमाले स्थापनमा गरेको सहिद धर्मभक्त स्कुलबाट कखराको सुरूवात गरिन्।

बाल्यकालदेखि नै नेतृत्व गर्न हौसिरहने तोसिमा कक्षा तिनदेखि १० सम्म उनी कक्षा मनिटर भइन्।

सहिद धर्मभक्त स्कुलबाट एसएलसी दिइएर डिस्टिन्क्सनबाट उतीर्ण भएसँगै डाक्टर बन्ने कौतुहलता उनको मनमा पलायो।

र, त्यही सपना बोकेर प्लस टु पढ्न कीर्तिपुरस्थित मोडर्न इन्डियन स्कुल पुगिन्, तोसिमा।

डाक्टर बन्न विज्ञान पढ्न जरूरी थियो। तोसिमाले विज्ञान विषय लिएर प्लस टु पढिन्। त्यहाँ पनि उनले आफ्नो अब्बलता प्रस्तुत गरिन्, प्रथम श्रेणीमा उतीर्ण भएर।

त्यसपछि सुरू भयो उनको डाक्टर बन्ने यात्रा। परिवारको साथ र समर्थन छँदै थियो।

उनका आमाबुबा साक्षर मात्र हुन्। छोरी डाक्टर बन्ने सपना बुवाआमाले पनि बुनिरहेका थिए।

छोरीको चाहना र आफ्नो सपना पूरा गर्न बुवाआमाले तोसिमालाई नजिकैको किस्ट मेडिकल कलेजमा भर्ना गर्न लगाए।

डाक्टर बन्नका लागि भर्नामात्रै काफी थिएन। मोटो रकम आवश्यक थियो। बुवाआमाले हिम्मत हारेनन्। संघर्ष गरे। तोसिमालाई डाक्टर बनाउन खर्च बेहोरे।

बुवाआमाको संघर्ष बुझेकी तोसिमाले पनि मिहिनेत गरेर पढिन्। राम्रो अंक ल्याएर एमबिबिएस उत्तिर्ण पनि भइन्।

स्वास्थ्य क्षेत्र उनको पहिलो रोजाई थियो। उपचार अभावमा अस्पतालको शैय्यामा नुपुगी मुत्युलाई अंगालेका घटनाले उनलाई विक्षिप्त तुल्याउँथ्यो। त्यसैले उनमा डाक्टर बन्ने रहर पलाएको रहेछ।

सामाजीक वेदना बुझेकी उनले आफ्नो कर्मथलो विकट क्षेत्रलाई बनाउन चाहिन्। विभिन्न कारणवस त्यो सम्भव भएन्।

तर राजधानी बाहिरको नेपाल हेर्न उनी झापा पुगिन्। झापामा दुई वर्ष मेडिकल अफिसरको रुपमा सेवा दिइन्।

त्यसपछि उनले स्नातकोत्तर सुरु गरिन्। उनलाई सर्जरीमा विज्ञता हासील गर्नु थियो। भाग्यवस उनले रोजेको क्षेत्रमै पढ्ने मौका पाइन्।

काठमाडौं युनिर्भसिटी स्कुल अफ मेडिकल साइन्सबाट उनले सर्जरीमा स्नातकोत्तरको पढाइ पूरा गरिन्।

त्यसपछि पाटन अस्पतालमा जनरल सर्जनको रुपमा उनको यात्रा सुरु भयो।

एमबीबीएस डाक्टरको रुपमा तीन वर्ष र सर्जनको रुपमा एक वर्ष काम गरेकी उनी अहिले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएर चुनावको मैदानमा उत्रिएर विजयी पनि भएकी छन्।

पढाईमा कहिल्यै दोस्रो हुन नपरेकी तोसिमा निर्वाचनमा पनि दोस्रो हुन परेन ।

यसअघि उनले मुलधारमा रहेर राजनीति नगरेपनि स्वास्थ्य क्षेत्रको राजनीति भने डाक्टर पढ्ने बेलादेखि नै सुरू गरेकी थिइन्।

मेडिकल विद्यार्थीको भर्ना शुल्कसम्बन्धी मुद्धा उठाउने बेला उनी अग्रपंक्तिमा थिइन्।

त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका निजी मेडिकल कलेजहरुमा मनोमानी ढंगले पैसा असुल गरिन्थ्यो। मेरिट भर्ना हुदैन थियो।

मेरिट भर्ना स्थापित गर्न र भष्टाचार अन्त्य गर्नका लागि उनी सहितको समुहले दुईओटा मुद्धा हालेका थिए।

२ वर्ष मुद्धा लडेर एकपटक मेरिट भर्ना स्थापित भएको थियो। अर्कोपटक निर्धारित भर्ना शुल्क स्थापित भएको थियो।

समयअनुसार प्रवेश गरेको क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि उनले सम्बन्धित क्षेत्रको मुद्दा उठान गरिरहिन्।

इन्टर्न छँदा इन्टर्नहरूको हकहितका लागि आवाज उठाइन्। संघर्ष गरिन्।

मेडिकल अफिसरको रुपमा मेडिकल क्षेत्रमा आफ्नो करिअर सुरु गर्दा डाक्टरमाथि हुने हातपात र अस्पताल तोडफोडजस्ता घटनाले तोसिमालाई पिरोलिरहन्थ्यो।

स्वास्थ्यकर्मी जस्तो संवेदनशिल पेसाकर्मी नै सुरक्षित छैनन् भने आमजनताको स्थिति के होला प्रश्न उनको मनमा उब्जिरहन्थ्यो।

स्वास्थ्यकर्मीमाथि भइरहने हातपातका घटना रोक्ने अभियानमा अग्रपंक्तिमा उभिइरहन्थिन्, उनी।

स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसम्बन्धि सुरक्षा ऐनमा ‘जेल विद्आउट बेल’ को अवधारणा लिएर एउटा ऐन स्थापित गर्न उनले खेलेको भुमिका महत्वपुर्ण छ।

२०७२ असोज ७ गते चरिकोटमा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि यो अभियान सुरु भएको थियो। सात बर्षपछि केहि महिना अघि ऐन बनेर आएको छ।

भदौ २ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा कार्यरत डाक्टरलाई असपतालकै एक कर्मचारीले कुटपिट गरेपछि यसलाई नजिरको रुपमा हेरिएको छ।

अहिले त्यसमा मेडिकल क्षेत्रका विभिन्न संस्था नेपाल मेडिकल एसोसिएसनदेखि लिएर अन्य संस्थाहरुको ठूलो हात छ।

उनी नेपाल मेडिकल काउन्सिलको केन्द्रिय सदस्य पनि हुन्। केन्द्रिय सदस्य हुँदा उनले अत्याधिक मत ल्याएकी थिइन्।

तोसिमा चिकित्सकहरुका लागि नीति बनाउने काममा पनि संलग्न थिइन् ।

जनसेवाको भावनाका साथ त्यसमा खडा उत्रिने प्रण लिएर राजनीतिमा होमिएकी तोसिमाको राजनैतीक परिक्षा अब सुरु भएको छ ।

 



Leave a Reply

Your email address will not be published.