दोब्बर बढि मतले पछि परे पुर्व स्वास्थ्यमन्त्री यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पुर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव दोब्बर बढि मतले पछाडि छन्।
सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पराजित हुने भएका छन्।
मतगणनाको पछिल्लो परिणामअनुसार जनमत पार्टीका अध्यक्ष राउत ३२ हजार ८०१ मत प्राप्त गर्दा यादवले १५ हजार ७०२ मत ल्याएर पछ्याइरहेका छन्।
त्यस्तै सत्ता गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका लोसपाका जयप्रकाश ठाकुरले ६ हजार ४३२ मत ल्याएका छन्।