५५ वर्षिय महिलाले नर्भिक आइभिएफमा जन्माइन् दोस्रो सन्तान

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुरकी एक ५५ वर्षीया महिला इन भिट्रो फर्टिलाईजेसन (आइभिएफ) विधिद्धारा आमा बनेकी छिन् ।

नर्भिक आइभिएफ सेन्टरमा एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिएकी छिन् । शल्यक्रियामार्फत शनिवार उनको बच्चा निकालिएको हो । हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले बताइन्।

‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ,’ शर्माले भन्छिन् ‘तर पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौं, यसमा हामी सबै खुसी छौ ।’

३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ बर्षपछि छोराको रुपमा अर्काे सन्तान पाउँदा खुसी भएको सुत्केरी बिमलाले बताइन् ।

नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन । श्रीमतीको उमेर ५५ बर्ष र श्रीमानको उमेर ६८ बर्षको छ ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आइभिएफ पद्दतीबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भएपनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन ।

यसअघि पनि नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया काठमाण्डौकी एक महिलाले आइभिएफ पद्दतीबाट जुम्ल्याह सन्तान जन्माएकी थिइन ।

‘बढी उमेर समूहको भएका महिलालाई हामीले सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छाै।’ डा. शर्माले भनिन्–‘पछिल्लो सफलताले पनि बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि गरेको छ । तर सन्तान प्राप्तिको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ।’



Leave a Reply

Your email address will not be published.