मतान्तर बढाउँदै तोसिमा

काठमाडौं – ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले मतान्तर बढाएकी छिन् ।
तोसिमा एमालेका एमालेका अमृत खड्का भन्दा दुई हजार बढि मतले अघि छिन् भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल भन्दा तोसिमा दोब्बर बढि मलले अग्र स्थानमा छिन् ।
हालसम्म तोसिमाले ७ हजार ८६४ मत ल्याउँदा खड्काले ५ हजार ८१३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा भुसालले ३ हजार २६८ मत प्राप्त गरेकी छिन् ।