जाडोमा छाला सुख्खा हुन नदिन यस्ता उपाय अपनाऔं

हेल्थपोस्ट नेपाल

काठमाडौं । जाडोमा छालामा सुख्खापन देखिनु एक सामान्य समस्या हो । जाडोमा हाम्रो वातावरण नै सुख्खा हुन्छ । त्यसैले हाम्रो शरीरका छाला पनि सुख्खा नै हुन्छ ।
सामान्यतया जाडो महिनामा सबै व्यक्तिको छाला सुख्खा नै हुन्छ । कुनै व्यक्तिको वंशाणुगत रूपमा नै छाला सुख्खा हुन्छ । त्यसबाहेक कुनै स्वास्थ्य समस्या र औषधिको सेवनले पनि बढी छाला सुख्खा भइरहेको हुन सक्छ ।

थाइरोइड हर्मोन कम भएमा, मधुमेह बढी भएमा वा त्यसको औषधि खाइरहेमा, छालाकै ‘आइसक्रिपटिन’ नामक औषधि खाँदा पनि छाला सुख्खा हुन्छ ।
त्यस्तै व्यक्तिको दैनिकी कस्तो छ त्यसले पनि फरक पार्छ । बाहिर काम गर्नुपर्ने व्यक्तिको त्यसै पनि सुख्खा भइरहेको हुन्छ । दिनभरी हावामा हिडिराख्नुपर्ने वा बाइक स्कुटर चलाइरहनुपर्ने व्यक्तिको छाला अझै बढी सुख्खा हुन्छ । यस्तो व्यक्तिहरूमा छाला सुख्खा मात्र नभई छाला कालो हुने चिलाउने तथा छालाको अन्य रोग बल्झिन सक्छ ।

यसबाट बच्ने उपाय

आजकाल शरीर सुख्खा भए, चिलाउने समस्या देखिएमा नुहाइहाल्ने, साबुनले रगडेर धोइराख्ने, पानी चलाइरहने गरेको पाइन्छ ।

८५ प्रतिशत शरिरको फोहोर पानीले नै पखाल्ने अनुसन्धानले देखाएको छ । त्यसैले छाला सुख्खा भएमा अथवा चिलाएमा सफा पानीले पखाले मात्र पुग्छ । साबुनले रगडेर धुँदा केहि समय राहत मिले पनि समस्या झन बढ्छ । जाडो महिनामा छालाको ख्याल राख्न पानी मात्र भए पुग्छ । पानीले मात्र नुहाए पनि पुग्छ । राम्रोसँग सफा हुनुका लागी पानी बाहेक अन्य सेम्पु चाहिँदैन ।

स्मेल हुने एरिया, प्राइभेट पार्टमा हल्का साबुनको प्रयोग गर्न सकिन्छ । तर अनुहारमा, ढाडमा, छाती, पेट, हातमा खासै साबुन चाहिदैँन ।

जाडोमा बिहान भन्दा बेलुका नुहाउनु उपयुक्त हुन्छ । दिनभरी काम, भाग दौड र धुलोबाट आएपछि बेलुका हल्का मनतातो पानीले पाँच मिनेट पखाल्ने ।

छालालाई पानी चाहिरहने भएकाले पानीले खलल नुहाएपछि छाला सुख्खा हुनुअघि अथवा हल्का पानी हुँदा नै लोसन अथवा तेल लगाउनुपर्छ । नरिवलको तेल वा सनफ्लावरको जुनसुकै तेल लगाए पनि हुन्छ । त्यसपछि बाँकी पानी आफै सुक्न दिनुपर्छ । यस्तो अवस्थामा तेल ‘हाइडिडिक’ भइराख्छ । शरिरमा सकेसम्म दिनमा दुईपटक तेल लगाउनु उपयुक्त हुन्छ । बिहान उठेपछि र बेलुका घर फर्केपछि तेल लगाएमा छालामा सुख्खापन देखिदैन ।

त्यस्तै छालाको सुख्खापनबाट बच्न दिनमा दूई लिटर पानी पिउनैपर्छ । त्यो सँगै एण्टिअक्सिडेन्ट भएका खानेकुरा र पानी पिउन सकिन्छ । जस्तै कागती पानी, ग्रिन टि र एण्टिअक्सिडेन्ट भएका खानेकुरा हुन् । यसले छालामा चमक आउँछ ।

हामीले पर्याप्त मात्रामा पानी मात्र खाएमा पनि छाला सफा भइरहन्छ । छाला सुख्खा हुँदा सबैभन्खा सामान्य र बिशेष ध्यान दिनुपर्ने भनेको मोस्चराइजर क्रिमको राम्रोसँग प्रयोग गर्नुपर्ने हुन्छ ।

अहिले छालाको सुख्खापनबाट बच्न ‘ह्युमिडिफायर’ मेसिनको प्रयोग पनि भइरहेको छ । ‘ह्युमिडिफायर’ भनेको हामीले रुघा लाग्दा बाफ लिन्छौं, त्यस्तै बाफ आइरहने मेसिन हो । यसले कोठामा हल्का बाफ फालिरहने र मोस्चराइज भइरहन्छ । यो रातभरी बालेर छोड्न सकिन्छ । यसले सेतो बाफ मात्र फाल्छ । यसले छालालाई ‘ओइल हाइटेककियर’ गर्छ । त्यस्तै आजकाल फेस स्प्रे पनि गर्न थालेका छन् । कसैले पानीले मात्र गर्छन् भने कसैले गुलाव जल मिसाएर पनि स्प्रे गर्ने गरेको पाइन्छ । अनुहारमा स्प्रे गर्दा मोस्चराइज भइराख्छ ।

मोस्चराइजर भनेको छालामा पानीलाई होल्ड गर्ने हो । पानी हुँदा हुँदै मोस्चराइजर गरे लामो समयसम्म पानी होल्ड गरेर राख्छ । ‘ओइल हाइडेटेड’ हुन्छ । मोस्चराइजर गरेपछि छाला सुख्खा हुँदैन, चिलाउने समस्या पनि हुदैँन । धेरै सुख्खा भएन भने कालो हुने समस्या पनि हुदैँन । यसरी ‘मेन्टेन’ भइरहे ‘रिंकल’को समस्या पनि हुदैँन । त्यस्तै चाउरीपनाबाट पनि जोगिन सकिन्छ ।

(छाला रोग बिशेषज्ञ डा.राजन थजियासँगको कुराकानी ।)



Leave a Reply

Your email address will not be published.