महिनावारी हुनुअघि किन आउँछ आत्महत्याको विचार ?

हेल्थपोस्ट नेपाल

छायानिका त्यस दिन धेरै चिन्तित भइन् जब उनी साना कुरामा पनि आफ्नो श्रीमानसँग दिनभर झगडा गरेपछि अन्त्यमा आफैलाई अफसोस भयो ।

छायानिका भन्छिन्, ‘कुरा निकै सानो थियो । हामी आमाको घरमा गएका थियौं फर्केर आउँदा कतै घुम्ने योजना थियो । तर, मेरो श्रीमान् धेरै थाकेका थिए, त्यसैले उहाँले सिधै घर जाउँ भन्नुभयो। उनले यति मात्र भनेका थिए मैले झगडा सुरु गरे । राती अबेरसम्म मेरो मुड खराब भयो। पछिल्लो एक दुई दिन म चिडचिडा थिए त्यसपछि महिनावारी भए।

त्यतिबेला छायानिका जान्दैन थिइन् उनीलाई जे भइरहेको थियो त्यो के हो । उनी भन्छिन्, ‘मलाई महिनावारी सुरु हुनुभन्दा एक वा दुई दिनअघि नै डिप्रेसन र चिडचिडापन हुन थाल्छ। सबै पुराना कुरा र गल्ती सम्झिन्छु अनि सबैसँग धेरै रिस उठ्छ। एक्लै बस्न मन लाग्छ । कहिलेकाहीँ आफैंलाई मार्ने विचार आउँछ।’

तर, एक दिन छायानिकालाई सामाजकि सञ्जालको माध्यमबाट प्रिमेन्सटुअल डिस्फोरिक सिन्ड्रोम (पीएमडीडी) को बारेमा थाहा भयो । त्यसपछि जब उनले यस बारे थप पत्तालगाएपछि उनले बुझिन कि उनको व्यवहारमा अचानक परिवर्तन किन आउँछ।

महिनावारीको समयमा हुने पीडा र शारीरिक समस्याबारे महिलालाई थाहा भए पनि त्यससँग सम्बन्धित मानसिक परिवर्तनका बारेमा अनविज्ञ रहन्छन् ।

धेरै महिलाहरूलाई महिनावारी हुनुअघि पीएमडीडीको समस्या हुन्छ। तिनीहरूको व्यवहारमा परिवर्तन आएको छ र तिनीहरूले सबैभन्दा धेरै दूरी बनाउँछन्। कहिलेकाहीँ यो समस्या खतरनाक स्तरमा पुग्न सक्छ।

पीएमडीडी भनेको के हो

प्रिमेन्सटुअल डिस्फोरिक सिन्ड्रोम (पीएमडीडी) मा हर्मोन परिवर्तन हुन्छ, जसले मस्तिष्कलाई पनि असर गर्छ। सामान्यतया, महिनावारीको समयमा शरीरमा थोरै परिवर्तनहरू हुन्छन्, तर पीएमडीडीमा सामान्य भन्दा धेरै मस्तिष्कभित्र रसायनहरू उतारचढाव हुन्छन्। यो असन्तुलनले भावनात्मक लक्षणहरू सिर्जना गर्दछ।

मनोचिकित्सक सन्दीप वोहरा बताउँछन्, ‘पीएमडीडीको लक्षण महिनावारी हुनुभन्दा दुई–तीन दिन अघि देखिन सुरु हुन्छन्। यसमा, भावनात्मक र मानसिक लक्षण शारीरिक लक्षणहरूसँग जोडिन्छन्। यस अवधिमा चिडचिडापन, डिप्रेसन, तनाव, निद्रा नलाग्ने, अत्याधिक क्रोधजस्ता लक्षण देखिन्छन्।

‘कतिपय अवस्थामा, महिलाहरूमा आत्महत्याको विचार पनि आउँछ वा रिसले अरूलाई हानि पु¥याउँछ। यद्यपि, यो धेरै कम अवस्थामा हुन्छ।’

तर, जरुरी छैन कि यसमा हरेक महिलामा एउटै प्रभाव हुन्छ । जस्तै छायानिकालाई महिनावारीअघि धेरै एक्लोपन र चिडचिडापन हुन्छ, तर दिल्लीमा बस्ने मानसी वर्माको मामला अलि फरक छ।

मानसी भन्छिन्, ‘मलाई महिनावारीअघि निकै दुःख लाग्छ । अन्तिम पिरियड समय आउनु अघि मलाई यस्तो केहि भएको थिएन् कि दुखी हुनुपरोस तर पनि म धेरै दुखी थिए । मन लागिरहेको थियो कि कतै भागौं तर कोसग भागिरहेको छु भन्ने थाहा थिएन । आत्मविश्वास थिएन र असुरक्षित महसुस गरिहेको थिए । मेरो पुरा दिनभर रोएरै बित्यो ।’

पिएमएस र पीएमडीडी बीचको भिन्नता

प्रायः मानिसहरूले पिएमएस र पीएमडीडी बीचको भिन्नता बुझ्दैनन्। यी दुईमा केही मानसिक लक्षणको भिन्नतासँगै तिनीहरूको गम्भीरतामा पनि भिन्नता छ।

स्त्री रोग विशेषज्ञ डा अनिता गुप्ता भन्छिन्, ‘पीएमएसमा महिनावारीको चक्रलाई सन्तुलनमा राख्ने हर्मोनमा अलिकति असन्तुलन हुन्छ। यसले स्तन दुखाइ, ज्वरो र बान्ता हुन सक्छ। तर, यसको भावनात्मक र मानसिक असर सामाजिक जीवनमा त्यति धेरै पर्दैन ।

‘पीएमएसमा भिटामिन मात्र दिइन्छ, तर पीएमडीडीमा पूर्ण उपचार हुन्छ र परामर्श पनि चाहिन्छ। पीएमएसका लक्षणहरू महिनावारी हुनुभन्दा ५–६ दिनअघि सुरु हुन्छ र महिनावारीको समयमा पनि जारी रहन्छ। तिनीहरू धेरै हल्का छन्।’

प्रिमेन्स्टुअल डिस्फोरिक सिन्ड्रोमका लक्षणहरू महिनावारी हुनुभन्दा दुई तीन दिन अघिदेखि नै देखिन सुरु हुन्छन्। यसमा शारीरिक लक्षणका साथै भावनात्मक र मानसिक लक्षण पनि जोडिएको हुन्छ । यसले थप मानसिक प्रभाव पार्छ।

डा. अनिता भन्छिन् पीएमडीडीमा मुड स्विङ धेरै हुन्छ। महिलाहरू समाजबाट अलग्गिएको महसुस गर्छन् र यसले उनीहरूको काममा पनि असर गर्छ। यदि लक्षणहरू गम्भीर छन् र यदि डाक्टरलाई देखाइएन भने, महिला पूर्ण डिप्रेसनमा जान सक्छ वा आफू वा अरूलाई हानि गर्न सक्छ। तर, यस्ता घटना विरलै भेटिन्छन् ।

उपचार के हो

डाक्टर सन्दीप भन्छन् कि यसको उपचारमा पहिले कुन स्तरका लक्षणहरू छन् भनेर हेरिन्छ। त्यसपछि औषधिसँगै काउन्सिलिङ पनि हुन्छ । कतिपय अवस्थामा औषधि निरन्तर दिनुपर्छ भने कतिपयमा महिनावारीको समयमा मात्रै दिइन्छ ।

यसमा परिवारका सदस्य र महिला दुवैको सम्झाउने गरिन्छ। परिवारको परामर्श धेरै महत्त्वपूर्ण हुन्छ ताकि उनीहरूले बुझुन् कि धेरै चीजहरू बिरामीको हातमा हुदैनन्। यो हर्मोनल र मस्तिष्कमा रासायनिक असन्तुलनका कारण हुन्छ।

साथै, बिरामीलार्ई बुझाइन्छ कि यदि यो महिनावारीको वरिपरि भइरहेको छ भने, तपाइँ केहि चीजहरूको ख्याल गर्न सक्नुहुन्छ। जस्तै पर्याप्त सुत्ने, समयमै खाना खानुहोस् ताकि मूड खराब हुने कुनै कारण नहोस्।

जानकारी को कमी

पीएमएस र पीएमडीडी दुवैको बारेमा महिलाहरूमा ज्ञानको कमी छ। यो कुरामा पुरुषहरु पनि कम सचेत छन् । पीएमडीडीका केसहरू पनि धेरै कम छन्, त्यसैले महिलाहरू यस बारे सचेत छैनन्।

डाक्टर सन्दीप भन्छन् कि यदि महिलाहरु यो समस्याको जानकारी भए उनीहरु आफैंले यो समस्यालाई बुझ्न सक्छन्। त्यतिबेला उनले आफ्नो ख्याल पनि बढी राख्न सक्छिन् ।

मानसी वर्मा भन्छिन् कि जब उनलाई पीएमडीडीको बारेमा थाहा भयो, उनले आफ्नो महिनावारीको हेरचाह गर्ने र उनको व्यवहार हेर्ने निर्णय गरेकी छिन्। पहिला उनले यस्तो गरेकी थिइनन् । अहिले उनले आमासँग पनि यस विषयमा कुरा गर्न थालेका छन् ।

डा. सन्दीपले स्पष्ट रुपमा यो बताउँछन् कि पीएमडीडी जैविक कारणले हुने भएकाले यो मानसिक रोग होइन र यसको उपचार सम्भव छ । यदि लक्षण धेरै गहिरो छैन भने, आफ्नो ध्यान राखेर परिवारको सहयोगले सबै ठीक हुन्छ।

(बीबीसी हिन्दिबाट अनुवाद गरिएको)

 



Leave a Reply

Your email address will not be published.