थप ३९१ जनामा कोरोना पुष्टि, ४६ निको भए

काठमाडौं–नेपालमा ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ९८१ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ४६ जना निको भएका छन्।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२७६ छ भने २१ जनाको आइसीयूमा उपचार भइरहेको छ।