कोरोना संक्रमणबाट एक जनाको मृत्यु, थप १३५ मा संक्रमण पुष्टि

काठमाडौं–नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। संक्रमणका कारण मृत्यु हुनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५४ वर्षीया महिला रहेकाे जनाइएकाे छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ११ हजार ९ सय ५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको नमुना परीक्षण गरिएकोमा १३५ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा कोरोनामुक्त हुनेको संख्या ५९ छ भने सक्रिय संक्रमितको संख्या १४३९ छ।