अमेरिकाले दिएको थप १० लाख डोज फाइजर खोप आइपुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकाले दिएको १० लाखभन्दा बढी डोज फाइजर खोप काठमाडौं आइपुगेको छ। कोभिड महामारीबाट नेपाली बालबालिकालाई जोगाउने उद्देश्यले फाइजर खोपको थप १० लाख ८ हजार डोज बिहीबार काठमाडौं आइपुगेको अमेरिकी दूतावासले जनाएको छ।

‘हामीले गर्ने सबै काममा हामी हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न खोज्छौं किनकि यो महामारी कुनै पनि देशले एक्लै समाधान गर्न नसक्ने संकटको एउटा प्रष्ट उदाहरण हो। र हामी सबै एकजुट भएर लाग्यौं भने यो सम्भव छ भन्ने हामीलाई थाहा छ,’ अमेरिकी विदेशमन्त्री एन्टोली ब्लिंकेनले ग्लोबल एक्सन मिटिङमा भनेका छन्।

अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको छ।



Leave a Reply

Your email address will not be published.