दही र चिउरा खाँदा स्वास्थ्यमा पुग्छन् यस्ता फाइदा

काठमाडाैं- आज राष्ट्रिय धान दिवस। अनि, आजको दिन किसानहरुका लागि विशेष रुपमा दही चिउरा खाने पर्व पनि। ग्रामीण क्षेत्रमा रोपाइ गर्ने किसान मात्रै होइन रोपाइ नगर्ने सहरका बासिन्दा पनि आज दही चिउरा खाएर यो दिनलाई दही चिउरा खाने विषेश दिनको रुपमा मनाउछन्।
सामाजिक सञ्जाल पनि आज दही चिउराका पोष्टहरुले भरिने गरेका छन् ।
आजका दिनमा खाइने दही चिउराले स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने गर्दछ।
दहीमा प्रचुर मात्रामा क्याल्सियम सोडियम, पोटासियम, ब्याक्टेरिया, भिटामिन, प्रोटिन, म्याग्नेसियम, क्याल्सियम भिटामिन ए, डी, बी–१२ भरपुर मात्रामा हुुन्छ।
दहीमा पाइने क्याल्सियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्दछ । त्यस्तै, दहीको नियमित सेवनले रक्तचापलाई पनि नियन्त्रण राख्छ ।
नियमित दही सेवन गर्दा ठूलो आन्द्रा क्यान्सरको समस्या, ग्यास्ट्रिकको समस्या तथा अल्सर हुुने समस्याबाट पनि जोगाउने काम गर्दछ । त्यसैगरी, चिउरामा पनि शरीरलाई चाहिने पोषण तत्वहरू पाइने गर्दछ।
दहीका फाइदा
१. पाचन क्रियामा सघाउँछ।
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।
२. मुटु स्वस्थ बनाउँछ
दहीले कोलेस्टेराेलकाे मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।
३. प्रतिरोधी क्षमता बढाउँछ
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।
४. दाँत र हड्डी बलियो बनाउँछ
दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
५. चायाँ हटाउँछ
दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।
६. तौल घटाउन सहयोग गर्दछ
दहीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरीरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्टेराेल बढाउने गर्दछ ।
चिउराका फाइदा
१. चिउरा जुनसुकै बेलामा पनि खान सकिन्छ
२. चिउरामा कार्बाेहाइड्रेट भएकाले यसले शक्ति प्रदान गर्दछ ।
३. चिउरामा आइरनको मात्रा बढी हुन्छ ।
४. चिउरामा भिटामिन ए, सि, क्याल्सियम प्रचुर मात्रा पाइन्छ ।
५. चिउरा फ्याट र ल्याक्टोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।
६. चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।
७. चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ ।