चिकित्सा शिक्षाः यी हुन् प्रमाणपत्र तहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति पाएका ६६ संस्था [सूचीसहित]
![चिकित्सा शिक्षाः यी हुन् प्रमाणपत्र तहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति पाएका ६६ संस्था [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/02/chikitsa_sikxa_aayog.jpg)
काठमाडौं–चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदअन्तर्गत स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाहरुको स्तरोन्नति गरेको छ।
शिक्षण संस्थाहरुको स्तरोन्नति र संस्था सन्चालनका लागि आशयपत्र प्रदान र सिट निर्धारण सम्बन्धमा कार्यकारी समितिबाट गत मंसिर ७ र फागुन ५ गते भएका निर्णयलाई आयोगले अनुमोदन गरेको हो।
यसअनुसार विभिन्न जिल्लाका ६६ संस्थालाई स्वीकृति दिइएको छ। प्रमाणपत्र तहभन्दा मुनिका ती संस्थालाई प्रमाणपत्र वा सो सरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिइएको हो।
सीटीइभीटीले प्रमाणपत्र तहमा स्तरोन्नतिका लागि १२२ संस्थाको सिफारिस गरेकामा ६६ संस्थालाई मात्र अनुमति दिइएको हो। ती संस्थाहरुले अब प्रमाणपत्र तहका ल्याब असिस्टेन्ट, सीएमए, आयुर्वेदिक, अनमी कार्यक्रमहरु सन्चालन गर्नेछन्।