चिकित्सा शिक्षाः स्नातक र स्नातकोत्तर तहमा ३.६ प्रतिशत शुल्क वृद्धि, यी हुन् ५६ विषयमा तोकिएका शुल्क [विवरणसहित]
![चिकित्सा शिक्षाः स्नातक र स्नातकोत्तर तहमा ३.६ प्रतिशत शुल्क वृद्धि, यी हुन् ५६ विषयमा तोकिएका शुल्क [विवरणसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौैं–चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न विषय र कार्यक्रमहरुको शुल्क निर्धारण गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षतामा यही जेठ १७ गते बसेको आयोगकाे नवौं बैठकले चिकित्सा शिक्षाका सबै तह र विधामा शैक्षिक सत्र २०७८/७९ समूहका लागि कार्यकारी समितिबाट गठित शुल्क सिफारिस कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार शुल्क वृद्धि गर्ने निर्णय गरेको हो। जसअनुसार गत वर्ष कायम शुल्कमा ३.६ प्रतिशत शुल्क वृद्धि गरिएको आयोगले जनाएको छ।
वृद्धि गरिएको शुल्कअनुसार शैक्षिक सत्र २०७८/७९का लागि एमबीबीएसका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यकाबाहिरका लागि ४५ लाख ९५ हजार ७ सय २० कायम गरिएको छ। यस्तै, बीडीएसका लािग २० लाख ९२ हजार २ सय ९० तथा बिएस्सी नर्सिङका लागि १० लाख ३६ हजार कायम गरिएको छ।