८५ वर्षको टेकु अस्पतालले बल्ल पाउने भयो भेन्टिलेटर
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले दुईवटा भेन्टिलेटर खरिद गर्ने भएको छ । अस्पतालले भेन्टिलेटर खरिदका लागि टेन्डर आह्वान गरेको टेन्डरमा सबैभन्दा कम मूल्यमा तोकिएको मापदण्डअनुसारको मेसिन उपलब्ध गराउन बोलपत्र दर्ता गर्ने कम्पनीलाई छनोट गरी सम्झौताका लागि सार्वजनिक आह्वान गरेको छ ।
भेन्टिलेटर खरिद प्रक्रिया सम्झौताको चरणमा पुगिसकेकाले केही दिनमै सम्झौता हुने र त्यसको करिब एक महिनामा भेन्टिलेटर अस्पताल आइपुग्ने अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए । टेन्डर पार्ने कम्पनीले सम्झौता गरेको बढीमा ३५ दिनभित्र उपकरण उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको उनले जानकारी दिए । उनका अनुसार अस्पतालले गरेको टेन्डरमा तीन–चार कम्पनीले मात्र रीतपूर्वक बोलपत्र दर्ता गराएका थिए ।
अस्पताललाई चारवटा भेन्टिलेटरको आवश्यकता भए पनि नेपाल सरकारले सीमित बजेट उपलब्ध गराएकाले तत्कालका लागि २ वटा मात्र खरिद गर्न लागिएको अस्पतालले जनाएको छ । उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको ५० लाख रकम आवश्यक उपकरण खरिदका लागि पर्याप्त नभएको अस्पतालका निर्देशक वासुदेव पाण्डे बताउँछन् ।

अस्पतालमा ४ वटा आइसियू बेड सञ्चालनमा छन् । तर, सरकारले दिएको पैसाले मुस्किलले २ वटा मात्र भेन्टिलेटर खरिद गर्न पुग्ने डा. पाण्डेको भनाइ छ । बाँकी २ वटाका लागि जाइकालगायत विभिन्न संस्थासित सहयोगका लागि अनुरोध गरिरहेको उनले बताए । ‘सकेसम्म ४ वटै भेन्टिलेटर किन्ने प्रयास गरेका हौँ,’ निर्देशक पाण्डेले भने, ‘तत्कालका लागि भने उपलब्ध बजेटबाट २ वटा भेन्टिलेटरका लागि सम्झौता गर्न लागेका हौँ ।’
राम्रो भेन्टिलेटर नभएका कारण अस्पतालले बिरामीलाई पूर्ण रुपमा आइसियूसेवा दिन सकेको छैन । हाल अस्पतालमा एभिएन इन्फ्लुएन्जा कन्ट्रोल प्रोजेक्ट नामक एक संस्थाले धेरै अघि दिएको पोर्टेबल भेन्टिलेटरले काम चलाउँदै आएको छ ।
उक्त भेन्टिलेटरले दैनिक अधिकतम ६ घण्टाभन्दा बढी समय काम नगर्ने भएकाले अस्पतालले २४सै घण्टा काम गर्ने नयाँ भेन्टिलेटर अरिद प्रक्रिया अघि बढाएको निर्देशक पाण्डेले बताए । ‘राम्रो भेन्टिलेटर किन्ने हो भने त सरकारले दिएको ५० लाख रुपैयाँले एउटै पनि आउँदैन,’ डा. पाण्डेले भने, ‘त्यसैले मध्यम गुणस्तरका दुईवटा भेन्टिलेटर किन्न लागेका हौँ ।’
बिरामीको उमेर र अवस्थाअनुसार फरक–फरक प्रकारका भेन्टिलेटर अवश्यक हुने अस्पतालका सूचना अधिकारी खतिवडा बताउँछन् । ‘हामीकहाँ भने सबै उमेरका बिरामी आउने भएकाले ‘प्रेट्रियाट्रिक टु एडल्ट’ खरिद गर्न लागेका छौँ,’ खतिवडाले भने, ‘यो बच्चादेखि वृद्धसम्म सबै उमेरका बिरामीका लागि प्रयोग गर्न मिल्ने भेन्टिलेटर हो ।’

गुस्तरीय भेन्टिलेटरको अभावमा मुलुकको एक मात्र सरुवारोग अस्पतालमा उपचारका लागि आउने सिरियस बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अस्पतालको छ । पौने शताब्दी पार गरिसकेको मुलुकको एक मात्र सरुवारोग अस्पतालले अहिलेसम्म आवश्यक गुणस्तरको भेन्टिलेटर खरिद गर्न नसेकै कारण बिरामीलाई सेवा दिन नसक्नु विडम्बनाको विषय हो । अस्पतालले उपकरण अभावमा आफूले उपचारसेवा दिन नसकेका प्रायः बिरामीलाई पाटन अस्पतालमा रेफर गर्ने गरेको छ ।
सिरियस बिरामीलाई उपकरण अभावकै कारण रेफर गर्नुपर्दा कतिपय अवस्थामा उपचारमा ढिलाइका कारण बिरामीको ज्यानैसमेत जाने गरेको नमिठो अनुभव निर्देशक डा. पाण्डेको छ । त्यसमा पनि कतिपय सरुवारोगका बिरामीको टेकुमै मात्र उपचार हुने र कतिपय बिरामी अन्यत्र जान नमान्ने गरेको डा. पाण्डे बताउँछन् । ‘टेकु अस्पताल एचआइभी फ्रेन्डली अस्पताल भएको कारणले पनि होला, एचआइभीका बिरामी प्रायः रेफर भएर अन्यत्र जान मान्दैनन्,’ उनले भने, ‘भेन्टिलेटर खरिदपश्चात् अस्पतालमा आएका बिरामीलाई उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहँदैन ।’
देशभरका अस्पतालले सरुवारोगका बिरामीलाई शुक्रराज अस्पतालमा रेफर गरेर पठाउने गरेका छन् । तर, पर्याप्त उपकरण अभावका कारण अस्पतालले बिरामीको विश्वास जित्न नसकेको पाण्डे स्विकार्छन् ।
याे पनि पढ्नुहाेस् ।