‘अब सुरक्षित भयौं’ [फोटो फिचर]
![‘अब सुरक्षित भयौं’ [फोटो फिचर]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/04/typhod-2-copy.jpg)
काठमाडौं–दरबार हाइस्कुलका विद्यार्थीलाई खोप लगाएर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ। आजबिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियान सुरु गरेपछि उक्त विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाइएको थियो। चैत २५ देखि २४ दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।