बुस्टर डोज अभियान : थप सुरक्षा कि जोखिम? [तस्बिर र भिडियो]
![बुस्टर डोज अभियान : थप सुरक्षा कि जोखिम? [तस्बिर र भिडियो]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/01/booster7.jpg)
काठमाडौं–काठमाडौं उपत्यकामा बुस्टर डोज खोप अभियान बिहीबार पनि जारी रह्यो। यही माघ ३ गतेबाट सुरु भएको अभियानअन्तर्गत अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइएको छ। जसअनुसार स्वास्थ्य तथा सरसफाईकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, महिला स्वास्थ्य स्वयंसेविका, सार्वजनिक क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको छ। तर अधिकांश स्थानमा स्वास्थ्य मापदण्ड तथा भौतिक दुरी पालना गरिएका छैनन्। यसले झन् कोरोना संक्रमण हुने जोखिम बढाएको छ। उपत्यकाका सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य संस्थाबाट बुस्टर डोज खोप दिइएको छ।