‘अतिरिक्त शुल्क खारेज गर, दादागिरी बन्द गर’

काठमाडौं – नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले एप्रोनसहित प्रदर्शन गरेका छन्। उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन्।
विरोध र्यालीमा ‘एमइसीले तोकेभन्दा बढी शुल्क लिन पाइँदैन, लुटतन्त्र बन्द गर, वि वान्ट जस्टिस, अतिरिक्त शुल्क खारेज गर, दादागिरी बन्द गर, विद्यार्थी लुट्न पाइँदैन’ लगायतका नारा लगाइएका थिए।
विद्यार्थीले अतिरिक्त शुल्क खारेजीको माग गर्दै केहीदिनदेखि प्रदर्शन गर्दै आइरहेका छन्।
यस्ता छन् विद्यार्थीका माग
हेल्थपोस्टले लिएका विद्यार्थी आन्दोलनका तस्बिरहरु-