६ स्वास्थ्यकर्मी एघारौं तहमा बढुवा

लोक सेवा आयोगले स्वास्थ्य सेवाका ६ जनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको छ। आयोगको लिखित र अन्तर्वार्ता पास गरेका ६ जना बढुवा सिफारिस गरेको हो।
बढुवा हुनेहरु प्रमुख जनस्वास्थ्य प्रशासक पद एघारौंतहमामा यशोदा अर्याल, प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट एघारौंतहमा ज्योति आचार्य,
प्रमुख अस्पताल नर्सिङ प्रशासक पद एघारौं तहमा संगिता श्रेष्ठ, प्रमुख मेडिकल सुपरिटेन्डन्ट पद एघारौंतहमा डा विष्णु गौतम, प्रमुख कन्सलटेन्ट प्याथोलोजिष्ट पद एघारौंतहमा बन्दना जोशी र प्रमुख मेडिकल सुपरिटेन्डन्ट पद एघारौं तहमा डा प्रबोध रेग्मी हुन्।