कोरोनाको ओमिक्रोन भेरियन्ट : दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकी मुलुकमा तीव्र गतिमा फैलिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अर्को सूचना जारी नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको बताए।
गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन पनि दिएको छ।
यसका लागि उसले सम्बन्धित सबै निकायलाई परिपत्र पनि गरिसकेको छ। यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत स्वास्थ्य जाँचपछि मात्र नेपाल प्रवेश दिइने उनले बताए।