डा. संगिता मिश्रालाई समन्वयको जिम्मेवारी, प्रसुतीमा डा. अमिरबाबु श्रेष्ठ

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ। केही दिन अगाडीको मन्त्रीस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरिएको हो।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भोलि नियुक्तीपत्र दिने तयारी भइरहेको छ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगिता मिश्रालाई मन्त्रालय तानेका छन्।

मिश्रालाई मन्त्रालयको महत्वपूर्ण महाशाखा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

प्रसूतिगृहबाट संगीता मन्त्रालयमा आउने भएपछि अस्पतालका डा. अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।

डा. श्रेष्ठ प्रसुती अस्पतालको सिनियर चिकित्सक हुन्। केही समय अगाडी उनी प्रसुती अस्पतालको डेपुटी डाइक्रेटर समेत भइसकेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाको निर्देशक डा. अनुप बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिने तयारी भएको छ।

स्रोतका अनुसार समन्वय महाशाखा प्रमुख रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहिन बनाइन लागिएको छ। जोशीले राम्रो काम देखाउन नसकेका कारण समवन्य महाशाखाबाट हटाइएको मन्त्रालयको स्रोतले जनाएको छ।

यसैगरी, मन्त्रालयकै अर्को महत्वपूर्ण महाशाखा नीति, योजना तथा अनुगमन महाशाखामा डा तारा पोखरेललाई दिन लागिएको छ। डा. पोखरेल हाल सार्क क्षयरोग केन्द्रमा छन्।



Leave a Reply

Your email address will not be published.