तीव्र गतिमा फैलिने ओमिक्रोन भाइरसले नेपाल कति जोखिममा?

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ( ओमिक्रोन) तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ। नयाँ भेरियन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै संख्यामा भएको बताएका छन्।
उनीहरूले अहिले प्रयोगमा आएका कोरोना भाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्।
पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ओमिक्रोन बोत्स्वाना, बेल्जियम, हङकङ अनि इजरेलमा पनि पुष्टि भएको छ।
कैयौँ देशहरूले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई पूर्ण प्रतिबन्ध लगाएका वा सीमित पारेका छन्।
दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीबाट आउने यात्रुहरूमा उनीहरू यूके वा आयरल्यान्डका नागरिक वा यूकेका वासिन्दा रहेको अवस्था बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको छ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ ”कन्सर्न” घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ।
यो भेरिअन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।
शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले सुरुमा B.1.1.529 नाम दिइएको भेरिअन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो।
वैज्ञानिकहरूले यो भेरिअन्ट कत्तिको सङ्क्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेका बेला उसले यो नयाँ भेरिअन्टको प्रभाव बुझ्न केही हप्ता लाग्ने जनाएको छ।
नेपालमा के छ जोखिम ?
नेपालमा पनि नयाँ भेरियन्ट भित्रिनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट–अन्य मुलुकहरुमा पनि देखिन थालेकाले नेपाल सतर्क हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन बताउँछन्।
नयाँ भेरियन्टमा प्रयोगमा आइरहेको खोपलाई समेत छल्ने क्षमता पाइए अर्को ठूलो समस्या ल्याउने सक्ने उनी बताउँछन्।
‘अहिले नेपालमा हवाई पनि खुल्ला भइसकेको छ। नयाँ भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई सम्पर्क नभएपनि अन्य मुलुक भएर त्यहाँका नागरिकहरु नेपाल आउन सक्छन्। जसले थप जोखिममा निम्ताउन सक्छ,’ डा. पुन भन्छन्।
भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने डा. पुनको तर्क।
‘ भारतसँगको खुला सीमा रहेछ। भारतमा देखिएको खण्डमा हाम्रो लागि खतराको घन्टि हो,’ डा. पुन भन्छन्, ‘यसभन्दाको अगाडीको अनुभवले पनि भारत फैलिएपछि नेपालमा कन्ट्रोल गर्न गाहो देखिएको छ।’
के छ सरकारी तयारी ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना रहेको स्वीकार्छन्।
तर, यसको लागि उच्च सकर्तता अपानाउन थालिएको उनले बताए।
‘बाहिरबाट आउने मानिसको निगरानी तथा परीक्षण गर्ने काम भइरहेको छ,’ डा. अधिकारले भने, ‘परिक्षण गरिएको मध्येबाट जिन सिक्वेन्सिङ गर्ने काम भइरहेको छ।’
सरकारले निगरानी प्रणालीलाई अलर्ट बनाइसकेको डा. अधिकारीले बताए। नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउनेलाई विमानस्थलमै हेल्थ डेक्स राखेर टेस्ट गर्ने र क्वारेन्टिनमा राख्न काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Yo rokera kunai haalatma rikinna aauna dine aaux kati chhati garx jaanx . Daraune ra trash failaune kaam ngarda hunx.
Please band boarder of Nepal
good very good