आज चिकित्सकको आह्वानमा सरकारी अस्पतालका आकस्मिकबाहेकका सबै सेवा बन्द

हेल्थपोस्ट नेपाल

आइतबारदेखि आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ (गोदान) ले शुक्रबार (आज)देखि आकस्मिकबाहेकका सबै सेबा बन्द गर्ने घोषणा गरेको छ । गोदानको घोषणाका कारण देशभरका सरकारी तर्फका स्वास्थ्यसेवा ठप्पप्राय: हुने निश्चित छ । बन्दको प्रभाव सरकारी डाक्टर कार्यरत रहेका केन्द्रीय अस्पतालदेखि प्राथमिक स्वास्थ्यकेन्द्रसम्म पर्नेछ ।

सेवा रोक्ने निर्णय गरेर चिकित्सकहरु वीर अस्पतालको प्रांगणमा १० बजे भेला भएर माइतीघर मण्डलसम्म र्याली गर्ने कार्यक्रम तय गरेको छ ।
बिहीबार नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, गोदानका अध्यक्ष डा. दीप्रेन्द्र पाण्डे उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री डा. उप्रेन्द्र यादवबीच वार्तामार्फत सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेन ।

‘हाम्रो अपेक्षाअनुसारको कुनै पहलकदमी नदेखेपछि पूर्वघाेषित कार्यक्रम जारी रहन्छ’ उनले भने

छलफलमा सरकारी पक्ष सकारात्मक नदेखिएको संघका अध्यक्ष डा. पाण्डेले बताए । ‘हाम्रो अपेक्षाअनुसारको कुनै पहलकदमी नदेखेपछि पूर्वघाेषित कार्यक्रम जारी रहन्छ’ उनले भने । कर्मचारी समायोजन प्रकियामा असन्तुष्टि जनाएउँदै आएका सरकारी चिकित्सकले राजीनामा संकलन जारी राखेको जनाएका छन् । यसअघि गत बुधबार, गोदानका सबै चिकित्सक सामूहिक बिदा बस्दा अस्पतालको सेवा केही प्रभावित बनेको थियो ।



Leave a Reply

Your email address will not be published.