प्रदूषण बढेपछि दिल्लीमा बन्द गरियो विद्यालय

हेल्थपोस्ट नेपाल

भारतको नयाँदिल्लीमा प्रदूषण बढेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। शनिबार बसेको राज्य सरकारको बैठकले एक निर्देशिका जारी गर्दैै विद्यालय बन्दको निर्णय लिएको हो।

निर्देशिकाअनुसार पार्किङ चार्ज तीनदेखि चार गुणासम्म वृद्धि गरिएको छ। इँटाभट्टा केही दिनका लागि बन्द गर्ने निर्देशन पनि दिइएको छ।यस्तै सडक नियमित रुपमा सफाइ गर्ने र पानी पनि छर्कने निर्णय गरिएको छ। बढी धुलो रहने क्षेत्रमा मेशिनको प्रयोग गरिनेछ। यसका अलावा सार्वजनिक यातायातको प्रयोगमा जोड दिइएको छ।

 

निर्देशिकामा जेनेरेटरको कम प्रयोग गर्न नागरिकलाई आग्रह गरिएको छ। सडकमा खानेकुरा बेच्नेहरुले कोइला प्रयोग गर्न पाउनेछैनन्।

 



Leave a Reply

Your email address will not be published.