आज ७ हजार २७८ सक्रिय संक्रमित, २ जनाको निधन

पछिल्लो २४ घण्टामा २९५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६७५ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार २७८ सक्रिय संक्रमित छन्।
सोही अवधिमा भने ४७८ जना संक्रमित निको भएका छन्।
यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ।
पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १९३ जना आइसीयू र ५७ जना भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।