कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. निरेश थापा नियुक्त

हेल्थपोस्ट नेपाल

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापालाई नियुक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहिबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. थापालाई निमित्त कार्यबहाकको रुपमा जिम्मेवारी दिएका हुन्।

अदालतको अन्तरीम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज यसअघिका उपकुलपति डा. मंगल रावललाई स्वास्थ्य मन्त्रालयले दैनिक कामकाजमा रोक लगाएको छ।

उपकुलपति डा. रावल र रजिष्ट्रार नृपेन्द्र महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति रहेका मन्त्री खतिवडाले मंगलबारदेखि दैनिक कामकाज गर्न रोक लगाउने निर्णय थिए।

मन्त्री खतिवडाले डा थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिएका हुन्।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकुलपति) स्तरको निर्णयानुसार अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्ति उपकुलपतिको जिम्मेवारी दिइएको छ,’ पत्रमा भनिएको छ।’

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाएपछि प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्। प्रतिष्ठानका ८० भन्दा बढी कर्मचारीले हस्ताक्षर गर्दै विरोध जनाएका छन्।



Leave a Reply

Your email address will not be published.