आइओएमले माग्यो विभिन्न पदका लागि कर्मचारी

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
आइओएमले एक सुचना जारी गर्दै करार सेवाका लागि विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो।
अस्थायी दरबन्दीमा करार नियुक्तीका लागि रिसर्च अफिसर, बायोस्टाटिसियन र अकाउन्टेन माग गरिएको छ।
त्यसैगरी, डीनको कार्यालयको अनुसन्धान विभागका लागि कर्मचारी माग गरिएको हो।
तोकिएबमोजिमको योग्यता पुगेका र ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन सक्नेछन्। मसिंर ९ सम्म आवेदन बुझाउन सकिने आइओएमले जनाएको छ।