लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी, कुन पदमा कति?

लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ। आयोगले एक सूचना जारी गर्दै स्वास्थ्यको विभिन्न पदमा आवेदन खुुल्ला गरेको छ।
आयोगले सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो।
स्वास्थ्य सेवातर्फ आठौँ र सातौँ तहका १०० भन्दा बढी पदमा पदपूर्तिका लागि लोक सेवा आयोगले आवेदन खुल्ला गरेको छ । आयोगले आठौँ तहका लागि विभिन्न पदमा ४० र सातौँ तहमा ५६ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको हो ।
मेडिकल अधिकृत, नर्सिङ अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिष्ट, वायोमेडिकल इञ्जिनियर, रेडियोग्राफी टेक्नोलोजिष्ट लगायतका पदमा आवेदन खुल्ला गरेको हो ।